समृद्धि फाइनान्सद्धारा वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले भदौ २२ गते शुक्रबारको दिन पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

गैह्र सरकारी संस्था महासंघ वाग्मति प्रदेशको अध्यक्ष श्रीमति आरती पाठकको आतिथ्य तथा सामुदायिक विकास तथा सचेतना नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सूची मध्ये भदौ महिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका महिला सदस्यहरुलाई बैंक तथा वित्तीय संस्था सम्बन्धि ज्ञान, बचतको फाइदा र समृद्धि फाइनान्सको महिला लक्षित योजनाहरुको बारेमा प्रस्तुति दिनुका साथै उक्त महिलाहरुलाई हरितालिका तिजको उपलक्ष्यमा श्रृंगारका सामाग्रीहरु वितरण गरी दर कार्यक्रम सम्पन्न गरेको छ ।

समृद्धि फाइनान्सले भदौ महिनामा महिला विशेष अभियानहरु चलाई रहेको छ । यस महिनामा समृद्धि फाइनान्समा समृद्धि गृह लक्ष्मी बचत खाता खोलि उच्च ब्जादरको प्रतिफलका साथै निःशुल्क डिजिटल बैङ्किगको फाइदा लिन सक्नेछन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *