यूरोपमा ब्याजदर सन् २००० यताकै उच्च

पोर्चुगल । युरोपका अधिकांश बैंकहरुले बैंक ब्याजदर ह्वाट्टै बढाएका छन् । सन् २००० यताकै उच्च ब्याजदर हुन पुगेको छ ।

युरोपियन सेन्ट्रल बैंक (ईसीबी)ले ब्याजदर बढाए सँगै २३ वर्षयता ब्याज महंगो भएको हो ।

ईसीबीले युरोपेली क्षेत्रमा पर्ने २० राष्ट्रमा निक्षेपको ब्याजदर बढाएर ३।७५ प्रतिशत पुर्याएको छ। यसअघि यस्तो दर ३।५ प्रतिशत थियो।

उच्चस्तरमा रहेको मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाउनुपरेको ईसीबीले जनाएको छ। ‘अहिले मुद्रास्फीति सहज हुँदैछ’, ईसीबीले भनेको छ, ‘यद्यपि मुद्रास्फीति उच्च छ र यो अझै धेरै समय रहन सक्छ।’

उत बेलायतमा ब्याजदर बढेर ५।२५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। बैंक अफ इंग्ल्यान्डको आधार दर अहिले ५ प्रतिशत रहेको छ। यो दर अगस्टमा ५।२५ प्रतिशत पुग्ने बताइएको छ।

गत जुनमा बेलायतमा मुद्रास्फीति ७।९ प्रतिशत कायम भएको थियो।

सेयर गर्नुहोस्

धानको मूल्य उच्च

पेरिस,एएफपी। भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा धानको मूल्य उच्च...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *