रोनाल्डोको हस्ताक्षरयुक्त टिसर्ट बेचेर राज कलेलद्वारा राहत कोषमा सहयोग
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गौरीगङ्गा नगरपालिका–८, बढैपुर घर भई विगत चार वर्षदेखि पोर्तुगलमा बस्दै आउनुभएका राज कलेलज्यूले मानवीय सेवाको प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ।
उहाँसँग रहेको विश्वप्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको हस्ताक्षरयुक्त विशेष टिसर्ट व्यक्तिगत रूपमा अत्यन्त मूल्यवान् सम्झना थियो। तर देशमा विपत्ति आइपरेको कठिन समयमा उहाँले व्यक्तिगत मोहभन्दा पीडित नेपालीको दुःखलाई ठूलो ठान्नुभयो।
उहाँले उक्त टिसर्ट १,२०० युरोमा बिक्री गरी सो बराबरको नेपाली रुपैयाँ २ लाख १० हजार ६ सय रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्नुभएको छ।
यो केवल आर्थिक सहयोग होइन; मातृभूमिप्रतिको माया, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण पनि हो। आफूसँग भएको प्रिय र बहुमूल्य वस्तु पीडित नागरिकको सहयोगका लागि समर्पण गर्ने उहाँको निर्णय साँच्चिकै प्रशंसनीय छ।
विदेशमा रहे पनि देशको पीडामा साथ दिने राज कलेलज्यूको यो उदाहरणीय कार्यप्रति हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछौँ। उहाँको यस सत्कर्मले अरूलाई पनि आफ्नो क्षमताअनुसार सहयोगका हात अघि बढाउन प्रेरित गरोस्।
मानवताको सेवाका लागि ठूलो सम्पत्तिभन्दा ठूलो मन आवश्यक हुन्छ। आउनुहोस्, दुःखको यस घडीमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौँ।