वैदेशिक रोजगारी : सेयर किन्न आकर्षण

काठमाडौं। वैदेशिक रोजगारीमा रहेका ३४ हजारभन्दा बढीले हिमालयन रिइन्स्योरेन्सको आइपीओमाआवेदन भरेका छन्।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते आइपीओ बिक्री खुला गरेकोमा मंसिर १८ गतेसम्म आवेदन भर्ने म्याद थियो ।

विभिन्न देशमा कार्यरत श्रमिकले ३४ हजार २ सय ११ जनाले आवेदन भरेका हुन्। विदेशमा बसेका श्रमिकले हिमालयमा अत्याधिक मात्रामा आवेदन दिएका हुन् ।

यसअघि कुनै पनि कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ३० हजार केही बढीले मात्रै आवेदन भरेका थिए ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले हिमालयन रिइन्स्योरेन्सको ४५ लाख ८४ हजार ८१० कित्ता सेयर माग गरेका छन् ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले सेयर बिक्रीमा ल्याएको हो।

कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको छ। विदेशमा बस्नेले नेपालीले ३० लाख कित्ता सेयर पाउने छन्।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *