इजरायलमा थपिदै रोजगारी

काठमाडौं। इजरायलले नेपालबाट लैजाने श्रमिकको संख्या बढाउँदै लगेको छ ।  केयर गिभरका लागि अब ८०० जना श्रमिक इजरायल जान पाउने भएका छन् ।

वैदेशिक रोजगार बिभागले उम्मेदावारको लागि आवेदन माग गरेको छ । ८०० मध्ये ५०० जना मुख्य र ३०० जना वैकल्पिक उम्मेदवार हुने सूचनामा उल्लेख छ । ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष इजरायल जान पाउने छन् ।

२५ वर्ष पुरा भएर ४५ वर्ष ननाघेको, कम्तिमा ४५ केजीको व्यक्तिले आवेदन दिन सक्छन् ।  इजरायलको रोजगारमा जान १० कक्षा पास गरी अनमी वा सिएमए सम्बन्धि विषयमा कम्तिमा १५ महिना अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्छ । यसका साथै नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ।

पहिला इजरायल गएकाहरूलाई प्रतिष्पर्धामा सहभागी गरा इने छैन । आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने उल्लेख छ ।

इजरायल र नेपालबीच श्रम सम्झौता भएपछि नेपालीहरुले इजरायलमा केयरगिभरमा जानेको संख्या बढ्दै गइरहेको छ । उनीहरुले ५ हजार ८८० इजरायली सेकेल अर्थात २ लाख १० हजार नेपाली रुपैँयाा पारिश्रमिक पाउँछन् ।

उनीहरुले सातामा ४२ घण्टा काम गर्नुपर्ने छ। आवासको प्रबन्ध हुन्छ । । एक पटक रोजगारमा जाने कामदारको करार अवधि १ वर्षको हुन्छ । करार थप्दै ५ वर्षसम्म बस्न पाइन्छ ।

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *