नेपाल टेलिकम पनि घाटामा

काठमाडौं । अधिकांश सरकारी संस्थान घाटामा छन् । लामो समयदेखि नाफामा सञ्चालन भइरहेको नेपाल टेलिकम यसपटक भने घाटामा गएको छ । सरकारसँग भएका दर्जनौं संस्थानमध्ये अधिकांश संस्थान घाटामा देखिएका हुन् ।

टेलिकम पहिलो पटक घाटामा गएको हो । टेलिकमको सञ्चालन आयभन्दा खर्च धेरै देखिएको कम्पनीको आर्थिक वर्ष २०७९(०८० को अन्तरिम वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
साउन २०७९ देखि असार २०८० सम्मको १२ महिनामा कम्पनीको कूल सञ्चालन आय ३६ अर्ब ८० करोड ३९ लाख  रुपैयाँ छ । यसै समयमा टेलिकमको कूल खर्च ३७ अर्ब ६ करोड छ ।

कम्पनी २५ करोड ९८ लाख रुपैयाँले घाटामा गएको प्रतिवेदनले देखाउँछ । कम्पनीले कर्मचारीको सेवा सुविधामा आठ अर्ब ३३ लाख, सञ्चालन तथा मर्मत सम्भारमा सात अर्ब ५० करोड १२ लाख, नियामकीय शुल्क, जरिवाना तथा नवीकरणमा सात अर्ब ८० करोड १९ लाख खर्चेको छ ।

त्यस्तै प्रशासनिक तर्फ एक अर्ब २५ करोड आठ लाख, बिक्री तथा बजार प्रवर्द्धनमा २६ करोड ३१ लाख र विभिन्न कम्पनीहरूमा गरेको शेयर लगानीतर्फ १५ करोड ३५ लाख रुपैयाँ छ ।

 

सेयर गर्नुहोस्

तीन पूर्व अर्थमन्त्री र प्रधानमन्त्रीलाई अगाडी राखेर अध्यक्ष ढकालले भने, ‘सरकारी नीतिका कारण ५९ लाख लगानीकर्ता सडकमा आए

काठमाडौं । धितोपत्र ब्रोकर एशोशिएशन नेपालका अध्यक्ष एवं नेपाल उद्योग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *