काठमाडौँ — सुन तस्करी आरोपितलाई प्रहरीको हिरासतमा पठाइएको छ । राजस्व अनुसन्धान विभागको पुल्लोचकस्थित हिरासत रहेका क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका आरोपितलाई प्रहरीको जिम्मा लगाइएको हो ।
विभागले हिरासतमा भएका आरोपितहरु संकलित तथ्य प्रमाणसहित बाँकी अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आइतबार जिम्मा दिएको हो । मन्त्रिपरिषद्ले अधिकार दिएपछि विभागले अनुसन्धानका लागि जिम्मा दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो। विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित ३ कर्मचारी, तीन जना भन्सार एजेन्ट, तीन विदेशी नागरिक, रेडी ट्रेडका सञ्चालकलगायत १८ जना पक्राउ परेका छन् । एक जना हाजिरी जमानीमा रिहा भए पनि १७ जना हिरासतमा छन् ।