म्यानमार पुर्‍याई बन्धक बनाई अनलाइन स्क्याममा लगाउने व्यक्ति पक्राउ

काठमाडौं । थाईल्याण्ड स्थित चिनियाँ कम्पनीमा अंग्रेजी ट्रान्सलेटरको राम्रो रोजगारीको प्रलोभन देखाउने एकजनालाई पक्राउ गरिएको छ ।

पिडीतलाई झुक्याई म्यानमारको म्यावडीस्थित चिनीयाँ कम्पनीमा पुर्याई बन्धक बनाई दिनको १८/२० घण्टा सम्म दास तुल्याई अनलाइन स्क्याम्पमा लगाई मानव बेचबिखन गरेको आरोपमा काठमाण्डौबाट बुद्द लामालाई पक्राउ गरिएको हो ।

निजलाई मावन बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ दिनको म्याद लिइ अनुसन्धान कार्य भइरहेको छ ।

काठमण्डौंको बाँसवारी वतन भएको बर्ष ३६ को बुद्द लामालाई पक्राउ गरिएको हो ।
डीतलाई कल सेन्टरमा अंग्रेजी ट्रान्सलेटरको काम हो,मासिक रु।

१,३०,००० कमाई हुन्छ, खाने, बस्ने व्यवस्था समेत कम्पनीले नै गर्छ, राम्रो काम गर्दै गयो भने पारीश्रमीक पनि बढ्दै जान्छ भनि प्रतिवादीहरुले रु।१,५०,०००।( लिई म्यान्मार पठाएको खुल्न आएको अनुसन्धानबाट खुलेको छ ।

पीडितलाई थाईलैण्ड भनि झुक्याई म्यानमारको म्यावडीस्थित चिनियाँ कम्पनीमा पुर्याई फेसबुक,ह्वाटसएप,ट्वीटर जस्ता सामाजीक सञ्जाल मार्फत अमेरीकी,युरोपीयन नागरीकहरुलाई के कसरी ट्रयापमा पारी तालिममार्फत बिट क्वाईनमा लगानी गर्न आकर्षित गर्न सकिन्छ भन्ने बारेमा ७ दिनको तालीम दिएको खुल्न आएको देखिएको छ ।

कम्पनीले तोकेअनुसारको टार्गेट पुर्याउन नसकेमा कुटपिट गर्ने, ईलेक्ट्रीक सक(करेन्ट) लगाउने जस्ता शारिरीक मानसिक यातना दिने गरको खुल्न आएको अनुसन्धानबाट खुलेको छ ।

कम्पनीलाई चारैतिरबाट सुरक्षा गार्डले पहरा दिनुका साथै सीसी टिभी जडान गरी कम्पनी भन्दा बाहीर आफुखुसी जान नपाउने गरि कम्पनी भित्रै १८/ २० घण्टा सम्म अनलाइन स्क्यामि को काममा लगाई साइबर सेल्भ बनाई राखीएको पाइएको छ ।

पीडितले म्यानमार पुगेको १० महिना पछि नेपाल फर्कन म्यानमार स्थित कम्पनीलाई ८ लाख तिर्न बाध्य भएको प्रवक्ता  कृष्ण प्रसाद पगेनीले बताए ।

 

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *