पोर्चुगलका हजार भन्दा बढी होटल बिक्रीमा

लिस्बन । पोर्चुगलका होटलहरु धमाधम बिक्री हुन थालेका छन् । कासाफारीद्धारा गरिएको गणना अनुसार हजार भन्दा बढी होटल बिक्री हुन लागेका हुन् ।  २०२४ को पहिलो तीन महिनामा पोर्चुगलमा एक हजार ३८ वटा होटलहरू बिक्रीको लागि थिए । २०२३ को सोही अवधिमा ७ सय ९१ होटल बिक्रीमा थिए ।

पछिल्लो समयमा होटलबाट राम्रो आम्दानी हुन नसकेपछि बिक्री गरी अर्र्काे व्यवसाय गर्न चाहने बढेका हुन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो वर्षको पहिलो तीन महिनामा बिक्री र भाडामा उपलब्ध होटलको संख्या ह्वाट्टै बढेको हो ।

गत वर्षको तुलनामा यस वर्ष ३१ प्रतिशतले बिक्री बढेको हो । भाडामा दिने पनि यस वर्ष ४८ प्रतिशतले बढेको छ । आफै चलाउन नसकेपछि साझेदारीमा होटल चलाउन खोजिएको हो ।

घरजग्गा बिक्री अनलाइन माध्यमबाटै हुने गरेको छ । युरोपेली घर जग्गा डाटा प्लेटफर्म उपलब्ध छ । यसैका माध्यमबाट पोर्चुगलको होटल बजारमा गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो ।
विश्लेषण प्लेटफर्ममा उपलब्ध डाटाको आधारमा यो तथ्यांक निकालिएको हो ।

फारो, पोर्टो र लिस्बन बिक्रीको लागि उपलब्ध होटल एकाइहरूको सबैभन्दा ठूलो संख्या थियो । फारोका २ सय ८९, पोर्टोका १ सय २० र लिस्कनका ९६ होटल अध्ययनमा समावेश गरिएको थियो । चलेका, राम्रो मानिएका होटल पनि बिक्री तथा भाडामा उपलब्ध रहेको पाइएको थियो ।

पोर्चुगलमा बिक्रीको लागि होटेलहरूको प्रति M2 औसत मूल्य यस वर्षको पहिलो त्रैमासिकमा ३ हजार ३ सय १९ यूरो थियो । जुन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको २ हजार ८ सय १८ यूरोको यूरोको तुलनामा १८ प्रतिशतले बढेको हो ।

२०२४ को पहिलो तीन महिनामा ६२ वटा होटल भाडामा उपलब्ध थिए, जुन संख्या गत वर्षको सोही अवधिमा दर्ता भएका ४२ वटाको तुलनामा ४८ प्रतिशतले वृद्धि भएको हो ।

लिस्बन, फारो र पोर्टोमा सबैभन्दा ठूलो संख्यामा होटल एकाइहरू भाडामा उपलब्ध थिए । कास्केइस, पोर्टो र लिस्बनले सबैभन्दा ठूलो प्रतिशत वृद्धि देखियो । सिन्ट्रा, माटोसिन्होस र इभोराले यस वर्षको पहिलो क्वाटरमा नकारात्मक भिन्नताहरू देखाए ।

पोर्चुगलमा भाडाको लागि होटेलहरूको प्रति M2 औसत मूल्य यस वर्षको पहिलो त्रैमासिकमा २४ यूरो थियो । जुन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको ४१ यूरोको तुलनामा ४३ प्रतिशतले कम हो ।

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More