एक लाख डलरसम्म वाणिज्य बैंकबाटै साट्न पाइने

काठमाडौं ।  हवाई सेवा प्रदायकले विदेशमा खर्च गर्ने एक लाख डलरसम्म वाणिज्य बैंकबाटै साट्न पाउने भएका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उक्त व्यवस्था गरेको हो ।  कम्पनीले विदेशमा आवश्यक पर्ने भुक्तानी ‘क’ वर्गका बैंकबाटै सटही सुविधा दिने भएको हो।
‘हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति(सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्यविदेशी मुद्रासम्मको रकम इजाजतपत्र प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकहरुमार्फत पठाउन सकिने व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ।
त्यस्तै राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिएछ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *