आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभा एवं तेस्रो अधिवेशनलाई सम्वोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायीत्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्वपुर्ण रहेको बताउनु भएको हो ।

अध्यक्ष मल्लले भन्नुभयो, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य गरिनुपर्दछ । सरकारी तर्फबाट भएका कमजारीलाई पनि सुधार गरिनुपर्दछ । करको दायरामा आउने कुरामा निजी क्षेत्र पनि उदार हुनुपर्दछ, ।’

मुलुकमा पछिल्लो समय आर्थिक सूचकहरु सकारात्मक भएपनि निजी क्षेत्र र आम सर्वसाधरणले त्यसको व्यवहारिक अनुभूती गर्न नसकेको अध्यक्ष मल्लको भनाई छ । मुलुकमा उद्योगिक एवं व्यवसायिक वातावरण बन्न नसक्नुको कारणबारे गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको अध्यक्ष मल्लको भनाई छ ।

सरकारले गर्ने खर्चमा मितव्ययिता अपनाउन आवश्यक रहेकोमा अध्यक्ष मल्लले जोड दिनुभयो । अध्यक्ष मल्लले भन्नुभयो, ‘सरकारले चालु खर्चमा मुठी कस्नुपर्ने बेला आएको छ । ऋण लिएर चालु खर्च गर्नुपर्ने अवस्था आउनु मुलुकका लागि सकारात्मक हैन । खर्च पारदर्शिता कायम गर्न आवश्यक छ, । ’

बजेटमा महत्वकांक्षी कार्यक्रमहरु घोषणा भएपनि कार्यन्वयन योजना प्रभावकारी हुन नसक्दा समस्या भएको अध्यक्ष मल्लको भनाई छ ।

सरकार फेरिएसंगै नीतिहरु फेरिनाले पनि अर्थतन्त्र संघै अस्थिर हुनेगरेको अध्यक्ष मल्लले बताउनुभयो ।

अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्याबाट साना तथा मझौला उद्योग सवै भन्दा बढी प्रभावित भएको अध्यक्ष मल्लले बताउनुभयो ।

अर्को प्रसंगमा अध्यक्ष मल्लले भक्तपुरलाई अन्तराष्ट्रिय पर्यटक आर्कषणको केन्द्र बनाउनुपर्नेमा जोडदिनुभयो ।

 

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *