आतंक भएको भन्दै भन्सारका कर्मचारीले मागे सरुवा

काठमाडौं । सुन तस्करी आतंकका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी आतंकित भएका छन् । यहाँ कार्यरत १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका हुन् ।
सरुवा माग्नेमा ३५ जना अधिकृत छन् । ६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको भन्दै सरुवाको निवेदन दिइएको कर्मचारी बताउँछन् ।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अनावश्यक दुःख दिइएको कर्मचारीको गुनासो छ ।
घटनामा दोषीलाई कानुन बमोजिम कारबाही हुनुपर्ने भए पनि अनावश्यक धरपकड गर्ने, प्रमाणबिना थुनामा राख्ने, संलग्नता भएका यथेष्ट प्रमाण नहुँदा नहुँदै पक्राउ गरी दुःख दिने नियत देखिएकाले काम गर्न असज भएको कमृचारीको गुनासो छ ।

विनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीहरुले गुनासो गरेका छन् । ‘हामीसँग सरोकार राख्ने विभिन्न निकायले हामीप्रति हेर्ने दृष्टिकोण पूर्ण रुपमा नकरात्मक हुँदै गएको छ, सरुवा निवेदनमा भनिएको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *