माओवादी बैठकमा खोजियो प्रचण्डको विकल्प

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प खोजी भएको छ । संस्थापनकालदेखि नेतृत्व गर्दै आएका प्रचण्डलाई दोस्रो तहका नेताहरुले प्रश्न गर्न थालेका छन् । एकछत्र नेतृत्व गर्दै आएका प्रचण्डकोे खुलेर कसैले पनि विरोध गर्न सक्दैनन् ।

तर, प्रचण्डको उत्तराधिकारी बनाउनुपर्ने आवाज उठिसकेको छ । प्रचण्डले नेतृत्व छोड्न नमान्दा उनले धेरै सहयात्री गुमाइरहेका छन् । डा. बाबुराम भट्टराई, मोहन वैध किरण, विल्पव लगायतका नेताहरुले उनको साथ छोडे । तर, उनले सधैं नेतृत्वमै रहिरहे दाउ गरे ।

उनको विपक्षमा लाग्ने दोस्रो तहका नेताहरु जन्मिन सकेनन् । बरु उत्तराधिकारी को भन्ने भन्ने विषयमा हानथाप भयो । अहिले प्रचण्ड पछिको नेता को भन्ने विषयमा खडेरी लागेको छ ।

माओवादीको अधिवेशनले महासचिव छान्न सकेन । लामो समयसम्म महासचिव छान्न प्रचण्डलाई सकस नै प¥यो । महासचिव दावेदारमा रोल्पा र रुकुमका नेताहरुको प्रबल दावेदार थियो ।

वर्षमान पुन र जनार्दन शर्माबीच शितयुद्ध नै भयो । दुवै जना आफू महासचिव हुनुपर्ने, आफू नहुँदा अर्को महासचिव हुन नहुने रणनीतिमा लागे । दुवै जना दोस्रो रणनीतिमा सफल भए ।

प्रचण्डले देव गुरुङलाई महासचिव बनाए । पछिल्लो समयमा त विप्लवसाग एकीकरण गरी महासचिव दिने भन्ने विषयमा पनि चर्चा चल्यो ।

माओवादीमा दोस्रो तहका नेताहरुमा प्रचण्डलाई वाहिपास गर्न सक्ने आँट, साहस र हिम्मत देखिदैँन । मन बाँधेर भए पनि नेतृत्व मान्न तयार छन् ।

बरु प्रचण्ड पछि को नेता बन्ने भन्नेमा माओवादीमा अन्योल र अलमल छ । धेरै नेताहरु बीच हानथाप छ । प्रचण्डले अहिले नै आफ्नो उत्ताराधिकारीका रुपमा कसैलाई अघि सारेका छैनन् ।

पुन, शर्मा उदाउँदा नेता हुन् । दुवै प्रचण्डलाई रिझाउन र खुसी पार्नमै लागेका छन् । संभावित नेताका रुपमा कहलिएका कृष्ण महरा विभिन्न काण्ड र आरोपमा मुछिए पछि उनको राजनीति ओरालो लागेको छ ।

बैठकमा प्रचण्डसँग विद्रोहको संकेत सुनिन थाले पनि खुलेआम बोल्न अझै हिच्किचाउने गर्छन् दोस्रो तहका नेताहरु ।

उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहालको विकल्प कसैले नखोजेको दावी गर्छन् । तर, अध्यक्षको उत्तराधिकारी निर्माणबारे विधिको विकास गर्नुपर्ने उनले आवाज उठाएका छन् ।

अध्यक्षलाई सहयोग गरेर जाने र उत्तराधिकारी तयार गर्न विधिको विकास गरेर जाने उनले बताए ।

पार्टीमा विचारमा लडाइ छैन । तर, विधिका विषयमा पनि बहस हुन थालेको छ । उनले पार्टीमा देखिएका समस्याको समाधान आगामी विधान सम्मेलनबाट हल गर्नुपर्ने उनले बताए ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जुनसुकै संकटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिँदै आएको दावी गर्छन् । तर कहिलेकाहीँ आँखा जुधाएर कुरा गरेकै कारण नेतृत्वलाई असहयोग गरेको प्रचार हुने उनले बताए ।

आफ्नो मत थाती राखेर भए पनि प्रचण्डको पक्षमा बोलेको उनले दावी गरे । कुनै पनि मोडमा असहयोग नगरेको उनले प्रचण्डलाई विश्वास दिलाए ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *