‘रङ्गेली’ बन्यो ‘रङ्गेली ग्याङ्स्टर्स’, महाशिवरात्रीमा रिलिज हुने

काठमाडौँ।  निर्माण घोषणादेखि नै चर्चित बनेको नेपाली चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’ नाम परिमार्जन ‘रङ्गेली’ राखिएको छ । निर्माण टीमले एक प्रेस वक्तव्य जारी गर्दै यसको नाम परिमार्जन गरेको जानकारी गराएको छ ।

वक्तव्यमा शीर्षकमा गरिएको यो परिमार्जनले हाम्रो समाज भित्र सकारात्मकता, एकता र सम्मानको वातावरण कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ । भनिएको

छ, “यस चलचित्रको छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन ।”

साथै, वक्तव्यमार्फत  ‘रङ्गेली’को रिलिज महाशिवरात्रीको अवसरमा मिति २०८० सालको फागुन २५ गतेलाई औपचारिक रुपमा तोकिएको छ । यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ । आगामी  भदौ २० गतेबाट चलचित्र छायाङ्कनमा जानेछ ।

चलचित्रका लेखक तथा निर्देशक अर्जुन सुवेदी हुन् । कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । यसमा निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई बशिष्ठ हुन् भने युवक कार्की र शिव थपलिया सह-निर्माता हुन् । बिबेक खड्का (योलो) एशोसियट निर्माता हुन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गर्दैछन् ।

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More