संसद बैठक सुरु, सुन तस्करीको गृहमन्त्रीले जवाफ दिने

काठमाडौं । सुन तस्करी विषय संसदमा बहस हुने भएको छ । गृहमन्त्री नारायाणकाजी श्रेष्ठले संसदमा जवाफ दिने छन् । नेकपा एमालेले च्च स्तरीय छानबिन समिति बनाउनुपर्ने अडान लिदैँ आएको थियो ।

सत्तापक्ष छानबिन समिति बनाउन नपर्ने अडान लिदैँ आएको थियो । दुवै विषयमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलले अडान लिदाँ संसद अवरुद्ध हुन पुगेको थियो ।
सभामुख देवराज घिमिरेको पहलमा दलहरुको छलफलले संसद चल्न दिने सहमति भएको हो ।

यसैबीच संसदमा नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले सुन तस्करीको विषय देशको प्रतिष्ठासँग जोडिएको बताए । प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले कडा सुरक्षाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वीन्टल सुन भित्रिनु गम्भीर विषय भएको उनको भनाइ थियो ।

देशको प्रतिष्ठामा प्रश्न उठेको छ ।  उनले भने,यो बारेमा अनुसन्धान गर्ने निकायलाई बलियो बनाउने सन्दर्भमा सिंगो सदनको ध्यान पुग्नैपर्छ।

उनले सुन तस्करी प्रकरणमा सत्तापक्ष र प्रतिपक्ष नभइ फरक ढंगले आवाज उठाउनुपर्ने बताए। ुयो विषयमा सत्तापक्ष प्रतिपक्षकोको मनोविज्ञानभन्दा फरक ढुंगले उठेर सोचौं,आवेगभन्दा माथि उठेर सोच्औं। उनले भने ।

शर्माले यो विषयमा गहिरो अनुसन्धान हुनुपर्ने बताएका छन् । सुन तस्करी प्रकरणमा निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने गरी अनुसन्धान हुनुपर्ने बताए ।

सेयर गर्नुहोस्