‘इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०२३’ मा भागलिन नेपाली प्रतिनिधीमण्डल भारतको मुम्वइमा

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधीमण्डल भारतको मुम्वईमा आयोजना हुन गइरहेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो (आइआइजेएस) २०२३ मा भागलिन बुधबार त्यसतर्फ भारत प्रस्थान गरेको छ ।

महासंघका उपाध्यक्ष एवं मेला समितिका संयोजक विपिन रामुदाुमुको नेतृत्वमा महासंघको ३४ सदस्यीय प्रतिनिधीमण्डल मेलामा सहभागी हुन गएको हो ।
मेला २०८० साउन १८ देखि २३ सम्म भारतको मुम्वई ‘स्थित मुम्वई एक्जिविशन सेन्टर’ मा आयोजना हुँदैछ । सुनचाँदी तथा गरगहना ब्यवसायलाई लक्षितगरी सो मेलाको आयोजना हुन लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी तथा हिरा जवहारातका गरगहनाको खरिद–विक्री, प्रविधि हस्तान्तरण, शिप विकास, बजार ब्यवस्थापन लगायतका क्षेत्रमा मेला फलदायी हुने बताउनुभयो । यस किसिमको मेलामार्फत दुई देशवीचका ब्यवसायीवीचको सम्वन्ध विस्तार र ब्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने उहाँको भनाई छ ।

जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल (जिजेइपिसी) इण्डियाको आयोजनामा हुन लागेको सो मेलामा बिश्व भरका सुनचाँदी तथा आधुनिक ब्यवसाय क्षेत्रका पारखी उद्यमी–ब्यवसायीहरु सहभागी हुने छन् । जेम्स एण्ड ज्वेलरी एक्स्पोर्ट प्रमोशन काउन्सिल भारत सरकारको उद्योग तथा वाणिज्य मन्त्रालयको सहयोगमा सञ्चालित संस्था हो ।

सुन तथा चाँदी लगायत वहुमुल्य धातुका गरगहना सम्वन्धी सवै खालका जानकारी तथा आवश्यकता पुरागर्न यस क्षेत्रमा आवद्ध ब्यवसायीहरुका लागि मेला फलदायी हुने गरेको छ । इण्डिया इन्टरनेशनल ज्वेलरी शो प्रत्येक बर्षको दुई पटक आयोजना हुने गर्दछ । महासंघको प्रतिनिधीमण्डल बिगत बर्षहरुमा पनि सो मेलामा सहभागी हुँदै आएको थियो ।

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *