रुपान्तरण हुन माओवादीले विशेष अभियान थाल्ने

 काठमाडौं । रुपान्तरण लागि नेकपा माओवादी केन्द्रले तीन महिने विशेष अभियान सञ्चाललन गर्ने भएको छ ।
केन्द्रले भदौ १६ गतेदेखि तीन महिनासम्म विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

गत मंसिरमा भएको निर्वाचनमा तेस्रो पोजिसनमा खुम्चिएको माओवादी केन्द्रले संगठन विस्तार गर्न रुपान्तरण अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

बैठक समापन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक वडाका प्रत्येक घरघरमा पुग्ने योजना अघि सारे । उनले घरघरमा पुग्ने अभियान सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

वडाका कुनै पनि घर छुट्नु हुँदैन। यो अभियानले नयाँ पार्टी निर्माणमा सहयोग गर्छ। उनले भने । अध्यक्ष दाहालले अझैं पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले पार्टीलाई घेराबन्दीमा पारिरहेको दावी गरे ।

दाहालले पार्टी एक ढिक्का भएर अघि बढ्ने विश्वास व्यक्त गरे। उनले अहिले सरकारले थालेका सकारात्मक कामहरू जनतासँग स्थापित गरेर परिवर्तनको स्वामित्व लिनेगरी नागरिकसमक्ष जान एकजुट भएको बताए।

दाहालले माओवादी केन्द्रले देशको नेतृत्व लिनेगरी अगाडि बढेको उद्घोष गरे।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *