मापदण्ड पूरा गर्दैनन् तालिम प्रदायक संस्था

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थाले मापदण्ड पालना नगरेको पाइएको छ ।  वैदेशिक रोजगार विभागले विभागबाट अनुमतिप्राप्त गरी सञ्चालनमा रहेका ती संस्थासँग विस्तृत विवरण मागेको हो ।

तालिम प्रदायक संस्थाले तोकिएको मापदण्डअनुसार काम नगरेको गुनासो आएपछि विभागले ध्यानाकर्षण गराएको हो । यस्ता संस्थालाई तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण माग गरेको विभागले जनाएको छ ।

विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनका क्रममा कतिपय तामिल प्रदायक संस्थाले तालिम सञ्चालन कार्यविधि २०७६ को दफा ११ (अनुसूची २० मा उल्लेख भएअनुसार तोकिएबमोजिमको केही मापदण्ड पूरा नगरेको भेटिएको थियो ।

प्रकाशित गरी तालिम प्रदायक संस्थाले यथाशीघ्र कार्यविधिमा तोकिएबमोजिमको मापदण्ड पूरा गर्ने र सम्बन्धित संस्थाले हाल तालिम सञ्चालन गरिरहेको स्थान र कर्मचारी विवरण सात दिनभित्र विभागको अभिमुखीकरण तथा अनुगमन शाखामा बुझाई अद्यावधिक गर्न आग्रह विज्ञप्ति जारी गरेको छ ।
त्यसो नगरे वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारबाही हुने उल्लेख छ।

सेयर गर्नुहोस्

धानको मूल्य उच्च

पेरिस,एएफपी। भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा धानको मूल्य उच्च...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *