निर्माण व्यवसायीको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सदस्य नेपाल निर्माण व्यवसायी महासंघद्धारा विभिन्न माग राखि भैरहेको आन्दोलनप्रति महासंघको ध्यानाकर्षण भएको छ ।
कूल गार्हस्थ उत्पादनमा ठूलो योगदान रहेको यस क्षेत्रका जायज माग सुनुवाइमा भैरहेको ढिलाईले निर्माण मात्र नभइ अर्थतन्त्रमा नै समस्या पर्ने देखिएको छ ।
व्यवसायीले निर्माण कार्य सम्पन्न गरेपनि भुक्तानी नहुदा वित्तिय प्रणाली र समग्र अर्थतन्त्रमा नै नकारात्मक प्रभाव परेको हुदा त्यसतर्पm सरकार सम्वेदनशील हुनु जरुरी छ ।
बिकास निर्माण र सर्वसाधारणको जीवन यापनसंग समेत जोडिएका परियोजना रोकिदा सरकारको पू“जीगत खर्च पनि हुन सकेको छैन भने जनताले पनि सुविधा पाउन सकेका छैनन् । गत बर्ष पूजीगत खर्च जम्मा ६१ प्रतिशत भएको छ । यसले राष्ट्रिय अन्तराष्ट्रियस्तरमा पनि सकारात्मक सन्देश गएको छैन् ।

निर्माण, उद्योग र थोक व्यापार नकारात्मक रहदा अर्थतन्त्र मन्दीमा गएको छ भने यसबाट बैंक वित्तिय संस्था, सिमेन्ट, छड जस्ता निर्माण सामाग्री उत्पादक र सरकारको राजश्वमा पनि गम्भीर असर परेको छ ।

राजस्व १३ प्रतिशतले घटेको छ भने उद्योगहरू करिब ३० देखि ३५ प्रतिशत क्षमतामा चलिरहेको महासंघले जनाएको छ ।  अतः विभिन्न माग राखी आन्दोलित निर्माण व्यवसायीका जायज माग सम्बोधन गर्न नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार समक्ष आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *