गैरआवासीय नेपालीलाई सेयरबजारमा लगानी गर्न बाटो खुल्यो

काठमाडौं । गैरआवासीय नेपालीलाई पुँजी बजारमा भित्र्याउन कानुन संशोधन हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०८०।०८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास विस्तार तथा सुधारका लागि चालु आर्थिक वर्षमा वस्तु विनिमय बजार संचालनमा ल्याउने उल्लेख गरेको छ ।

सेयर बजार तथा वस्तु विनिमय बजारमा अनुमति प्रदान गर्ने प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित एवं पारदर्शी बनाइ निश्चित समयभित्र खुला प्रणालीमार्फत अनुमति प्रदान गर्ने तयारी बोर्डको छ।

वित्तीय औजार निष्काशन कानुन संशोधन सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । हरित वण्ड लगायतका नवीन वित्तीय औजार निष्काशन गर्न सक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिने जनाइएको छ ।

साना तथा मझौला कम्पनीको सेयर निष्काशन तथा कारोबार सम्बन्धी नियमावली बनाइने उल्लेख छ। कमोडिटी मार्केट, राफसाफ तथा फर्स्यौट व्यवसाय, वेयरहाउस सञ्चालनका लागि आवश्यक नीति नियम तयार गरी कार्यान्वयनमा ल्याइने बोर्डको तयारी छ ।

बोर्डले नीति तथा कार्यक्रममा बोर्डमा भइरहेका तथा भविष्यमा प्रयोग हुने विभिन्न प्रणालीहरुको व्यवस्थापन गर्न डाटा सेन्टर स्थापना हुनेछ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *