भ्रष्टाचार र अनियमिततामा दोषी देखिए कारबाही

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा दोषी देखिए कारबाही हुने बताएका छन्।

पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानुनी कारबाही गर्ने बताए ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कन नपाउने उनले प्रतिवद्धता जनाए ।

निष्पक्ष रुपमा अनुसन्धान गर्न निर्देशन दिएको उनले विश्वास दिलाए । दोषीलाई छोड्न नहुने र निर्दोष फस्न नहुने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको उनको भनाय छ ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *