पोर्चुगल नेपाली समाज मा वदनामी मात्र देखीन्छन् तिनै भाईरल हुन्छन् ।

केही दिन पहिला पोर्चुगल को लिजवन मा नेपाली रेस्टुरेन्ट मा हानाहान भयो प्रहरी आयर तिरतवितर पार्यो भन्दै टिक-टिके वकिल हरु ले भिडीयो

हाले त्यो वास्तविकता अर्कै थियो नेपाल वाट हेर्ने ले पत्याईदीय । अर्को दिन खेती वाट एक ले भिडीयो हाले पोर्चुगल को काम यस्तो छ अर्को ले क्रेसीया वाट

हिड्दै आयको पुरानो भिडीयो हाले पोर्चुगल सजिलो छैन रे । अर्को ले ४/५ जना सुतेको कोठा

को भिडीयो हाले युरोप को वास्तविकता रे । अनि नेपाल वाट आऊन नपायको अनि पोर्चुगल को वारे नराम्रो भन्ने जमात लाई यती भयपछि भै गयो । टिकटक मा पनि टिकटके ज्यु हरु को भ्युअर धेरै भय ऊनीहरु मख्क तर सवै ऊनीहरु ले हालेको कुरा सत्य थियनन् । हामी नराम्रो चिज लाई मात्र वढि भाईरल गर्दछौ । तर यहा राम्रो कुरा धेरै छन् तर ति गुपचुप छन् । केही ऊहाहरण दिऊ ।

—- मार्केस पोम्वल नजिकै एक मेक्सीकन रेस्टोरेन्ट छ ति साहु नेपाली हुन् कहिले काही ऊनको रेस्टोरेन्ट मा खाना खान आऊने को लाम हुन्छ सिट नपायर फर्कन्छन् । ऊनले नया लाई पनि ८००+ भन्दा वढि तलव दिन्छन् र महिना को ८-१० हज़ार युरो प्रोफ़िट गरेको छन् तर आज सम्म ऊनी कुनै नेपाली को कार्यक्रम मा गयको छैनन् कुनै नेपाली संघ सस्था मा छैनन् ।

कार्नेसाडट मा अर्को नेपाली छन् ऊनले ३ सुसी रेस्टोरेन्ट टेकवे चलायको छन् ऊनी नेपाली समाज मा कतै चिनीदैनन् मासिक १०-१२ हज़ार युरो ऊनको आम्दामी छ प्रोफ़िट छ ।

कोभील्ला मा अनु गुरुङ्ग को परिवार ले धेरै वर्ष पहिले वाट तेहा सुसी खोल्नु भयको छ ऊहाहरु ले ग्वार्दा मा पनि खोल्नु भयको छ तेहा ऊहाहरु ले मनग्गे कमाऊनु भयको छ । ऊहाहरु कहि कतै कुनै संघ सस्था मा छैनन् ।

तेस्तै – गुन्जन जि पोर्चुगल कै टप ३ मा पर्ने रेस्टोरेन्ट मा काम गर्नु हुन्छ ऊहा तेहा को सेफ हो ऊहाले तेहा २०००+ तलव खानु हुन्छ तेहा वेटर हरु छन् तलव १००० छ तर टिप्स १२००+ थाप्नु हुन्छ तेस्तै संकर भन्डारी रुपक पौड्याल । सविन रावल वद्री थापा लगायत धेरै नेपाली यहा को सिर्ष रेस्टुरेन्ट मा काम गर्नु हुन्छ र दाम पनि कमाऊनु भयको छ ।

तर ऊहाहरु कुनै पनि संघ सस्था मा हुनुहुन्न कहि कतै केही पनि लेख्नु हुन्न । ऊहाहरु त ऊहाहरण मात्र हुन् । यहा नेपाली कै छापा खाना छ नेपाली कै टप रेस्टिरेन्ट छन् वार छन् ऊच्च तह मा काम गर्दछन् ऊनीहरु कुनै संघ सस्था मा छैनन् । ग्रील एन्ड चिल पोर्चुगल को प्रख्यात रेस्टोरेन्ट हो अहिले ३ साखा छन् तेहा को साहुजी हरु कुनै संघ सस्था तिर लागेको छैनन् राम्रो कमाई छ ।

यी यस्ता धेरै छन् नेपाली को पोर्चुगल मा तर केही नया आयर २/४ महिना काम पायनौ भन्दै मा पोर्चुगल खराव भन्ने। हरु ले गर्दा पोर्जुगल वदनाम भयको हो नेपाली हरु विच वास्तव मा संघर्ष गर्ने को लागी पोर्जुगल राम्रो छ । तर आयको १/२ वर्ष संघर्ष गर्नु पर्दछ कार्ड नहुने वेला सम्म पोर्चुगल संघर्ष गर्ने पर्ने देस हो । तर खराव हदै हैन

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *