रोजगारी सिर्जना गर्न श्रमाधान रोजगार मेला

काठमाडौं । स्वदेशमै रोजगारी सिर्जना गर्न श्रमाधान रोजगार मेला हुने भएको छ । युवालाई स्वदेशमै रोजगारीदएर आर्थिक र सामाजिक रूपमा स्थापित गराउन सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, होटल एशोसियसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासङ्घले मेलाको आयोजना गर्न लागेका हुन् । ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा हुने उक्त मेलाको शिक्षा तथा विज्ञान प्रविधि मन्त्री सुमना श्रेष्ठले उद्घाटन गर्ने तय भएको छ। बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको उपस्थित हुने भएको छ।

मेलामा ८० वटा निजी तथा सरकारी क्षेत्रका रोजगार कक्ष रहनेछन्

श्रमको खोजीमा रहेका युवाका लागि श्रमाधान रोजगार मेला कोसेढुंगा साबित हुने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका उपसचिव एवं बागमती प्रदेशको श्रमाधान रोजागर मेलाका संयोजक डम्बर सुनुवारले बताउनुभयो ।

‘मेलाले रोजगारी मात्रै नभई ज्ञान, सीप आर्जन गरेका युवालाई सीपको सदुपयोग गरी निखारता ल्याउने विषयमा पनि छलफल हुने छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेलले दैनिक विदेशिएका युवा शक्तिलाई नेपालमा नै रोजगारीको अवसरको सम्भावना देखाउने बताउनुभयो ।

‘नेपालमा रोजगारी नपाएर विदेशिनुपर्ने अवस्था र श्रमिक नपाएर रोजगारदाताले आप्रवासी श्रमिक भित्र्याउनुपर्ने बाध्यताको अन्त्य गर्ने उहाँको भनाइ छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *