माल्टा पठाउने नाममा ठगी गर्ने पक्राउ

काठमाडौं । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पोखरा महानगरपालिका घर भई हाल जिल्ला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ सुन्दरबस्ती बस्ने प्रकाश गुरुङ पक्राउ परेका हुन् ।

उनले दिपक राज कडेंललाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भन्दै छ लाख अठार हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सेयर गर्नुहोस्

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई  आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले...

Read More