पोर्तुगलस्थित नेपाली राजदूतावासका महामहिम राजदूत प्रकाशमणि पौड्याल तथा तृतीय सचिव अनिल राना ज्यु ले आज लिस्बनमा आयोजित अन्तर्राष्ट्रिय हस्तकला महोत्सवमा सहभागी नेपाली स्टलहरूको अवलोकन गर्नुभएको छ। उहाँहरूले महोत्सवमा विभिन्न देशका प्रदर्शनी स्टलहरूको निरीक्षण गर्नुका साथै नेपाली हस्तकला, परम्परागत पोसाक, सजावटी सामग्री तथा अन्य मौलिक नेपाली उत्पादनहरू प्रदर्शन तथा बिक्री गरिरहेका नेपाली व्यवसायीहरूसँग आत्मीय भेटघाट गर्नुभयो।
भेटका क्रममा उहाँहरूले व्यवसायीहरूबाट युरोपेली बजारमा नेपाली उत्पादनको माग, व्यापार विस्तारका सम्भावना, व्यवसाय सञ्चालनका अनुभव, चुनौती तथा भविष्यका अवसरबारे विस्तृत जानकारी लिनुभयो। नेपालबाट उत्पादन गरिएका हस्तकला, परम्परागत सामग्री तथा मौलिक उत्पादनहरू पोर्तुगलसम्म ल्याई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै नेपालको कला, संस्कृति, सीप र पहिचानलाई विश्वसामु चिनाउने कार्यमा नेपाली व्यवसायीहरूले पुर्याइरहेको योगदानको उहाँहरूले उच्च प्रशंसा गर्नुभयो।
महामहिम राजदूत पौड्यालले भौगोलिक रूपमा नेपालबाट हजारौँ किलोमिटर टाढा रहेको पोर्तुगलमा बसेर नेपाली उद्यमीहरूले आफ्नो मेहनत, लगनशीलता र सिर्जनशीलतामार्फत नेपालको हस्तकला, परम्परागत पोसाक तथा स्वदेशी उत्पादनलाई युरोपेली बजारमा स्थापित गरिरहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता प्रयासले नेपालको कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै नेपाली उत्पादनको निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा नेपालमा वैदेशिक मुद्रा भित्र्याउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो।
उहाँले नेपाली व्यवसायीहरूलाई गुणस्तर, मौलिकता र विश्वसनीयतालाई अझ सुदृढ बनाउँदै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन निरन्तर प्रयासरत रहन आग्रह गर्नुभयो। साथै, नेपाली हस्तकला, उद्यमशीलता र नेपालको सकारात्मक पहिचानको प्रवर्द्धनका लागि नेपाली राजदूतावास आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न सदैव प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।
महोत्सवमा सहभागी नेपाली व्यवसायीहरूले पनि राजदूतावासको यस भ्रमणले आफूहरूलाई थप उत्साह, ऊर्जा र हौसला प्रदान गरेको बताउँदै नेपाली उत्पादनलाई युरोपेली बजारमा अझ व्यापक रूपमा प्रवर्द्धन गर्दै नेपालको सकारात्मक छवि निर्माण र आर्थिक समृद्धिमा योगदान पुर्याउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नु भयको थियो