कहाँ, के गर्दैछन् पोर्चुगलका रोनाल्डो ?

काठमाडौँ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डो यतिबेला साउदी अरेबियाको क्लब अल—नासरमा आबद्ध छन् । साउदी लिग खेल्न उनी आकर्षक रकममा नासरमा आबद्ध भएका हुन् ।

रोनाल्डो सबैभन्दा प्रभावशाली खेलाडी मानिन्छन्। साउदी अरेबियामा उनको जीवनशैली पनि आकर्षक र भव्य छ । उनी विश्व खेलकुदकै सर्वाधिक कमाउने खेलाडीको सूचिमा उच्च स्थानमा आउँछन् ।

पोर्चुगलका ३८ वर्षीय रोनाल्डो विश्वका चर्चित क्लबहरुबाट सफल प्रदर्शनी गरेका छन् । विभिन्न क्षेत्रमा व्यवसायिक फुटबल खेलेर उत्कृष्ट प्रर्दशनी गरेका रोनाल्डो पोर्चुगलको स्पोर्टिङ सीपीको सिनियर टोलीबाट ब्यवसायीक खेलजीवनमा भित्रिएका थिए ।

त्यसपछि उनले इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबहरुबाट खेलेर सफलता प्राप्त गरे । उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेले र आफूलाई थप तिखार्न सफल भए ।

त्यसपछि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भए । नौ वर्ष रियल म्याड्रिडमा बस्दा उनको पहिचान फेरियो । क्लबले थुप्रै सफलता पायो । त्यसपछि उनी इटालियन क्लब युभेन्ट्सतिर लागे । तीन वर्ष युभेन्ट्समा खेलेर पुनः म्यानचेस्टर युनाइटेड फर्किए ।

रोनाल्डो हालै साउदीस्थित आफ्नै निवासको कौशीमा बसेर चिया पिउँदै गरेको तस्बिर सार्वजनिक भयो । तस्बिरसँगै घडीको मूल्य महंगो भएको चर्चा चलिरहेको छ ।

रोनाल्डोले लगाएको निलो रङको घडी बनाउन सुनको प्रयोग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घडीको मूल्य सात लाख ५० हजार ब्रिटिस पाउण्ड (करिब १२ करोड ६५ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्ने जनाइएको छ ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *