पोर्चुगलका लागि राजदूतमा सनिल नेपाल सिफारिस

पोर्चुगल । पोर्चुगलका लागि राजदूत तोकिएका छन् । सरकारले सनिल नेपाललाई राजदूतमा सिफारिस गरेको हो ।

पोर्चुगलमा लामो समयदेखि राजदूतावास स्थापना हुन सकेको थिएन । राजदूतावास स्थापनासँगै सरकारले राजदूत नियुक्ति गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगलमा दूतावास स्थापना गर्न र राजदूत सिफारिस गरेको हो ।
पोर्चुगलमा करिब ६० हजार नेपाली बसोबास गर्ने अनौपचारिक तथ्यांक छ । तर, यकिन कति नेपाली यहाँ छन् भन्ने तथ्यांक राख्न सकिएको छैन ।

पोर्चुगलमा बस्ने नेपालीहरुले राजदूतावास नहुँदा धेरै दुःख पाइएको गुनासो गर्दै आएका थिए । राजदूतावास स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकार, राजनीतिक दल तथा निकटम सांसदहरुसँग दूतावासका लागि लबिइ गर्दै आएका थिए । गत भदौं २५ र २६ गते बसेको प्रधानमन्त्रीसहितको बैठकले कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेको थियो ।

त्यसअघि सांसदहरु छिरि ल्हामु, विनिता कठायतलगायत सांसदहरुले संसदको प्रतिनिधिसभा तथा संमितिको समितिमा आवाज उठाएका थिए ।

पाल्पा घर भएका सनिल नेपाल नेपाली कांग्रेसका युवा नेता हुन् । उनी कूटनीतिक मामिलाविज्ञ मानिन्छन् । कूटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञको रूपमा सक्रिय देखिन्छन् ।

उनले कांग्रेसमा संसद्, पार्टी र समाजमा खेल्नुपर्ने भूमिकामा विषयगत विज्ञको रूपमा परामर्श दिने काम गर्दै आएका नेपाल दर्जनौँ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघसंस्थाका लागि काम गरिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय क्याम्पसको अध्यक्ष भए । त्रिभुवन विश्वविद्यालयबाटै मानविकी संकायतर्फको अंग्रेजी साहित्य र समाजशास्त्र स्नातकोत्तर गरेका छन् । उनी कानुनशास्त्रका विद्यार्थी पनि हुन्।

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *