पत्रकार बरालले लिए गैर आवासीय नेपाली नागरिकता

काठमाडौं । पत्रकार तथा युरोप चौतारी एड्मिन टीमका सदस्य जनक बरालले गैरआवासीय नेपाली नगरिकता प्राप्त गरेका छन् ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हातबाट सोमबार उनले नागरिकता प्राप्त गरेका हुन् ।

पछिल्लो समयमा एमाले नेतृ रामकुमारी झाक्रीले दिएको अभिब्यक्ति र स्वयं गैर आबासिय नेपाली समुदायका स्वघोषित गैरजिम्मेवार अगुवा नेताहरुका गतिबिधि र हत्कण्डाहरुले गर्दा समग्र गैर आवासिय नागरिक हरुको छवि र उनीहरुलाई हेर्ने आम दृष्टिकोणनै धुमिल बन्न पुगेको छ ।

आफ्नो मातृभुमी लाई छोडेर संसारका बिभिन्न भुगोलमा छरिएर रहेका, बिदेशी भूमिलाई नै कर्मथलो बनाएका र उतैको नागरिकता लिएका पूर्व नेपाली नागरिकलाई सरकारके राजनीतिक अधिकारबाहेकको गैर आवासिय नेपाली नगरिकता दिने नियम सुरु गरेसँगै विदेशमा बस्ने नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिन थालेका छन् ।

सरकारले यस्तो नागरिकता दिएपछि परिस्थिति र बाध्यताले बिदेशिएर उतैको नागरिकता लिएका ब्यक्तिहरुलाई राहत पुर्याएको र खुसिको सन्चार भएको छ ।

सरकारी नियम र कागजी प्रकृया थोरै जटिल रहेता पनि वडा कार्यालय , ईलाका प्रहरी कर्यालय, वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रसासन कर्यालयसम्म सबैतिर ठोक्किदा समग्र कर्मचारी प्नशासनको कार्यप्रति सन्तुस्ट हुन सकिने र विशेषगरि जिल्ला प्नशासन कार्यालय कास्कीको सिङ्गो टिमले सराहनिय काम गरेको जनक बरालले बताउनुभयो । अब नेपालको कर्मचारितन्त्र प्रतिको हेराई र बुझाई फेर्नु पर्ने समय आएको बरालको ठम्याई छ ।

बिदेशी नगरिकता लिनेहरु भगौडा र अवसरबादी हुन भन्ने एकथरी ब्यक्तिहरुको आरोप चिर्नको लागि अब सम्पुर्ण गैरआवासीय नेपाली हरु आफ्नो मातृभुमी प्रति बफादार भएर लाग्नु पर्ने देखिन्छ ।

बर्तमान ग्लोबलाईजेसनको अवस्थामा कुनै पनि विश्वको एउटा भुगोलको ब्यक्ति अर्को भुगोलमा काम गर्न पुग्नु वा उतै बस्नु सामान्य कुरा रहेको जनाउदै राष्ट्रियता कागजको टुक्रो मात्र नभईकन एउटा भाबना र मनले महसुस गर्ने बिषय रहेको उहाँको भनाइ छ ।

त्यस्तै रातो पासपोर्ट कागज मात्र नभई चेतना पनि रहेकोले बिदेशी नागरिकता लिएर पनि नेपाली राजनैतिक दलको भरिया बन्नु आफैमा हास्यास्पद रहेको उहाँको बुझाइ छ ।

सरकारले नयाँ ऎन ल्याएर गैर आवासिय नेपाली हरुलाई नगरिकता दिन सुरु गरेको अवस्थामा पनि उक्त नगरिकता नलिईकन पुरानै बंशजकै आधारकै नागरिकता प्रयोग गर्नु गैरकानुनी हुने र आफैलाई धोका दिनु पनि हुने भएकाले गैरआवासीय नेपाली नागरिकता लिन आवश्यक भएको उहाँको भनाइ छ ।

नेपाल आउँदा सबैले नेपाली नागरिकता लिनु पर्ने र आफुले बिदेशी नागरिकता लिईसकेको अवस्थामा नेपाल सरकार र प्रचलित कानुनले जती अधिकार दिएको छ अहिले त्यसैमा सन्तुष्ट बन्दै आगामी दिनमा अझ धेरै अधिकारको लागि सकारात्मक पहल गर्नु अहिलेको आवश्यकता हो र यसैमा सबै गैर आवासीय नेपालीको हित पनि हुनेछ उहाँले भन्नुभयो ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *