घरैबाट काम गर्छन् २० प्रतिशत पोर्चुगिसहरु

पोर्चुगल । पोर्चुगलका २० प्रतिशत श्रमिकले घरबाटै काम गर्ने गरेको पाइएको छ ।  सधैँ कार्यालय आउनु पर्ने वाध्यता नभए पछि काममा उनीहरुको काममा प्रभावकारीता आएको पाइएको छ । आइटी, सेवा क्षेत्र तथा कामका क्षेत्रमा उनीहरुले घरबाटै काम गर्न पाएका हुन् ।

घरबाटै काम गर्न पाउँदा उनीहरू खुसी देखिएका छन् । व्यावसायिक र व्यक्तिगत जीवनलाई मिलाउन सकेका छन् । रोजगारदाताले उच्च लचिलोपन देखाउँदा श्रमिकबाट लाभ लिन सकेका हुन् ।

दोस्रो त्रैमासिकमा घरमा कुनै न कुनै बिन्दुमा काम गरेका ९ लाख बढी मानिसहरूमध्ये २ लाख ३२ हजाार ९ सयले कार्य समय तालिका बाहिर काम गरेको पाइएको थियो ।

कुल रोजगारी जनसंख्याको १८.३ प्रतिशत अर्थात ४ लाख ९ हजार ७९ जना मानिस टाढाको काम गर्ने गरेको पाइएको छ । जसले गर्दा बाटोमै घण्टौं समय लाग्ने गरेको छ

कार्यालयको काम र रिमोटलाई मिलाउने प्रणालीमा नियमित रूपमा समयनिष्ठ भएर काम गरेका छन् ।  पहिलो त्रैमासिकको तुलनामा कार्यालय र टाढाको कामलाई मिसाउनेहरू मध्ये २.८ प्रतिशतको वृद्धि दर्ता गरिएको थियो ।

टेलिवर्कमा काम गर्ने व्यक्तिहरूको संख्या अर्थात (घरबाट भूमिकाहरू पूरा गर्न आईटी प्रयोग गरेर, आईएनईको परिभाषा अनुसार ( पनि अघिल्लो त्रैमासिकको तुलनामा कुल रोजगारीको १८.३ प्रतिशतले वृद्धि भएको छ ।

भाडाको खर्च कटौती गर्न र अफिस स्पेस कम गर्न शहरका केन्द्रहरूबाट कम्पनीहरू गाउँसम्म पुगेका छन् । यसले यात्राको समय र लागत जोगिएको छ । यसले कतिपय कामदारको दृष्टिकोणलाई पनि फाइदा पु¥याएको छ ।

उच्च शिक्षा भएको पोर्चुगिसहरु लिस्बन वा पोर्टो महानगरीय क्षेत्रहरूमा बस्ने बढी छन् । टेलिवर्कले इभोरा, कास्टेलो ब्रान्को, कोभिल्हा र द्वीपसमूह जस्ता नयाँ कार्य केन्द्रमा पनि पछिल्लो समयमा काम गर्नेहरु बढी रहेका छन् ।

दोस्रो त्रैमासिकमा दर्ता भएका ९ लाख मध्ये ४ लाख लिस्बनमा बस्थे । पछिल्लो समयमा नयाँ शहरमा पनि रोजगारीका अवसर वृद्धि भएको पोर्चुगलका अधिकारीहरु बताउँछन् ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *