भैसी को सुकुटी बोकेर युरोप आऊदा झमेलामा

भैंसीको सुकुटी बोकेर पोर्चुगल आँउदा एयरपोर्टमा करपझ्याप ——————————————————————————————————
यही जुलाई १४ तारिख नेपाल देखी भैसीको सुकुटी बोकेर आँउदा एकजना नेपाली ब्रसल्स अन्तराष्ट्रिय बिमानस्थल बेल्जियममा समातिएका छन्।
टक्रिस एयरलाईन्स मार्फत मध्यराती ब्रसल्स ओर्लिएका गोर्खाका ३१ बर्षीय हितमान ( नाम परिवर्तित) समातिएका हुन्।
नेपाल देखी पोर्चुगल जान हिडेका थापा बेल्जियममा केही दिन बसेर पोर्चुगल जाने गरी आएका थिए। उनले आफ्नो लगेजमा २९ किलोभैसीको सुकुटी बोकेका थिए।
३५ किलो अनुमती दिईएको टिकटको लगेजमा २९ किलो भैसीको सुकुटी नै सुकुटी फेला परेपछी अध्यागमन विभागका सुरक्षाकर्मीहरु आश्चर्यमा परेका थिए।
“लगेजमा मासु नै मासु देखेपछी सुरक्षाकर्मीले मलाई रोक्यो” थापाले भने-“ भैसीको मासु यता चिन्दैन रहेछन्, प्रतिबन्धित वा बहुमूल्य जनावरको मासु भन्ने लागेको रहेछ, मैले बफेलोको मिट हो भनेपछी केही बेर केरकार गरेर छाडिदिए।”
उनलाई करिब २ धण्टा विमानस्थलमा केरकार गरिएको थियो। मासुको गुणस्तर र मिसावटको परिक्षण समेत गरिएको थियो।
केरकारका क्रममा उनले उक्त भैंसीको मासु आफ्नो नभई पोर्चुगलको एक नेपाली रेष्टुरेन्ट संचालकले मगाएको बताएका थिए।
यो घटनाले नेपाल देखी भैंसीको सुकुटी बोकेर युरोप आउने सुकुटी प्रेमीहरु समेत सचेत हुनुपर्ने भएको छ।

सेयर गर्नुहोस्

धानको मूल्य उच्च

पेरिस,एएफपी। भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा धानको मूल्य उच्च...

Read More