पोर्तुगल सुरुवात हो अन्तीम गन्तब्य होईन ख्याल गरौ

जनक बराल कास्की पोखरा
बर्तमान नेपालको अवस्था एती खराब छ कि हर कोही देश छोड्ने बाटो खोज्दैछन | धेरै जना मध्यम बर्गिय र उमेर ढल्केका आम ब्यक्तिहरुको पहिलो रोजाई युरोप अनि युरोपमा पोर्तुगल नै हो |
सयौँ हण्डर खाएर , दलाल लाई मोटो रकम बुझाएर पोर्तुगल छिर्न सफल भए पनि यहाँको अवस्था झन कठिन छ | पुराना , पोर्तुगल आएर कार्ड बनाएका र अझै भनौ घर कन्ट्र्याक्ट बनाएका अधिकांश लाई अब आँफुहरुलाई सबै कुरा भरिपुर्ण भएको जस्तो भ्रम पर्न जाने गर्दछ जसको प्रभाव उनीहरुको ब्यबहारमा पर्दछ र त्यसको असर नयाँ आउने लाई पर्न जान्छ | नयाँ आउने लाई दुख दिने , ठग्ने , हेप्ने अनि आफु सर्बेसर्वा भएको देखाउने धेरै जनाको प्रबृत्ति हुन्छ |
पोर्तुगलमा केही प्रतिशत मात्र हो स्थायी रुपमा ब्यापार ब्यबसाय गरेर बस्ने बाँकी अधिकांस पोर्तुगिस नागरिकता कुरेर दिन गन्ति गरेर बसिरहेका हुन्छन , कागज बन्ला र अन्य ठुलो र कमाई धेरै हुने देशमा जाँउला भनेर |
पोर्तुगिस नागरिकता लिएर अर्को देशमा निस्के पछाडि बल्ल असली सङ्घर्ष सुरु हुन्छ | चाहे नर्वे गएर skatteetaten मा गएर पर्सनल नम्बर लिन होस चाहे डेनमार्क गएर Siri मा दर्ता भएर कामको कन्ट्र्याक्ट लिएर CPR बन्ने कोठा खोज्न होस चाहे बेल्जियममा गएर ठेगाना रजिस्टर गर्न मिल्ने कोठा खोजेर RR नम्बर निकाल्न होस त्यती सहज पक्कै हुदैन |
सात आठ बर्ष पोर्तुगल बसेर दिन रात नभनी दलिएर नागरिकता लिएर अर्को देश गयो त्यहाँ पुग्ने बित्तिकै भाषा देखि धेरै कारणले भोग्नु पर्ने नयाँ खालका स्वभाबिक सङ्घर्ष ले फेरि एकपटक शुन्य बाट यात्रा सुरु गर्न बाध्य पारिदिन्छन | अबको दुई चार बर्षमा आफ्ना आफन्त वा मन खाने सथिभाई छैनन भने अन्य मुलुक मा गएर सेटल हुन पनि सहज हुने छैन | त्यसकारण पोर्तुगल कागज अनि असल साथिभाई कमाउने मुलुक हो जुन जीबन पर्यन्त काम आइरहनेछन | युरोपियन तरिकाले चल्न , जीबन जिउन र असल र दुख सुखमा काम लाग्ने साथिभाइको सर्कल बनाउन सक्नु नै पोतुगल बसाइको सफलता मान्न सकिन्छ | त्यसकारण पोर्तुगल बसाईलाइ सहज , हलुङ्गो र सकारात्मक बनाउन समय खर्चिनु नै बुद्दिमानी हुनेछ | अस्थायी साथिभाई र दोबाटे हरु सङ्ग दहल फसल र बिबादमा अल्झिनु , दश बिस युरोका लागि आफ्नो इज्जत माटोमा मिलाउनु , आफु सङ्गै बस्ने साथिभाई लाई समेत दलाली गरेर दुई चार सय युरो कमाउनु भनेको भबिष्यका लागि आफैँलाई आत्मघाती सिद्द हुन सक्दछ | त्यसकारण पोर्तुगल बसाईलाई भरपुर उपयोग गरौँ , रमाऔँ , पारिलो घाम तापौँ अनि ख्याल राखौँ पोर्तुगल सुरुवात हो अन्तीम गन्तब्य होइन |

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *