रेमिट्यान्स : दुई महिनामा दुई खर्ब २८ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष ०८०र८१ को पहिलो दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार २२।१ प्रतिशतले बढेर रु। दुई खर्ब २८ अर्ब ३७ करोड रेमिट्न्स भित्रिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९।८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।७ प्रतिशतले वृद्धि भई एक अर्ब ७३ करोड अमेरिकी डलर पुगेको छ।

रेमिट्यान्स बढेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने घटेको छ । गत भदौ मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या २८।३ प्रतिशतले घटेर ७४ हजार चार सय ५५ जना छन्।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १८।३ प्रतिशतले घटेर ३२ हजार चार कायम भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या ७०।६ प्रतिशतले बढेको थियो।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *