पत्रकार बरालले लिए गैर आवासीय नेपाली नागरिकता

काठमाडौं । पत्रकार तथा युरोप चौतारी एड्मिन टीमका सदस्य जनक बरालले गैरआवासीय नेपाली नगरिकता प्राप्त गरेका छन् ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको हातबाट सोमबार उनले नागरिकता प्राप्त गरेका हुन् ।

पछिल्लो समयमा एमाले नेतृ रामकुमारी झाक्रीले दिएको अभिब्यक्ति र स्वयं गैर आबासिय नेपाली समुदायका स्वघोषित गैरजिम्मेवार अगुवा नेताहरुका गतिबिधि र हत्कण्डाहरुले गर्दा समग्र गैर आवासिय नागरिक हरुको छवि र उनीहरुलाई हेर्ने आम दृष्टिकोणनै धुमिल बन्न पुगेको छ ।

आफ्नो मातृभुमी लाई छोडेर संसारका बिभिन्न भुगोलमा छरिएर रहेका, बिदेशी भूमिलाई नै कर्मथलो बनाएका र उतैको नागरिकता लिएका पूर्व नेपाली नागरिकलाई सरकारके राजनीतिक अधिकारबाहेकको गैर आवासिय नेपाली नगरिकता दिने नियम सुरु गरेसँगै विदेशमा बस्ने नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिन थालेका छन् ।

सरकारले यस्तो नागरिकता दिएपछि परिस्थिति र बाध्यताले बिदेशिएर उतैको नागरिकता लिएका ब्यक्तिहरुलाई राहत पुर्याएको र खुसिको सन्चार भएको छ ।

सरकारी नियम र कागजी प्रकृया थोरै जटिल रहेता पनि वडा कार्यालय , ईलाका प्रहरी कर्यालय, वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रसासन कर्यालयसम्म सबैतिर ठोक्किदा समग्र कर्मचारी प्नशासनको कार्यप्रति सन्तुस्ट हुन सकिने र विशेषगरि जिल्ला प्नशासन कार्यालय कास्कीको सिङ्गो टिमले सराहनिय काम गरेको जनक बरालले बताउनुभयो । अब नेपालको कर्मचारितन्त्र प्रतिको हेराई र बुझाई फेर्नु पर्ने समय आएको बरालको ठम्याई छ ।

बिदेशी नगरिकता लिनेहरु भगौडा र अवसरबादी हुन भन्ने एकथरी ब्यक्तिहरुको आरोप चिर्नको लागि अब सम्पुर्ण गैरआवासीय नेपाली हरु आफ्नो मातृभुमी प्रति बफादार भएर लाग्नु पर्ने देखिन्छ ।

बर्तमान ग्लोबलाईजेसनको अवस्थामा कुनै पनि विश्वको एउटा भुगोलको ब्यक्ति अर्को भुगोलमा काम गर्न पुग्नु वा उतै बस्नु सामान्य कुरा रहेको जनाउदै राष्ट्रियता कागजको टुक्रो मात्र नभईकन एउटा भाबना र मनले महसुस गर्ने बिषय रहेको उहाँको भनाइ छ ।

त्यस्तै रातो पासपोर्ट कागज मात्र नभई चेतना पनि रहेकोले बिदेशी नागरिकता लिएर पनि नेपाली राजनैतिक दलको भरिया बन्नु आफैमा हास्यास्पद रहेको उहाँको बुझाइ छ ।

सरकारले नयाँ ऎन ल्याएर गैर आवासिय नेपाली हरुलाई नगरिकता दिन सुरु गरेको अवस्थामा पनि उक्त नगरिकता नलिईकन पुरानै बंशजकै आधारकै नागरिकता प्रयोग गर्नु गैरकानुनी हुने र आफैलाई धोका दिनु पनि हुने भएकाले गैरआवासीय नेपाली नागरिकता लिन आवश्यक भएको उहाँको भनाइ छ ।

नेपाल आउँदा सबैले नेपाली नागरिकता लिनु पर्ने र आफुले बिदेशी नागरिकता लिईसकेको अवस्थामा नेपाल सरकार र प्रचलित कानुनले जती अधिकार दिएको छ अहिले त्यसैमा सन्तुष्ट बन्दै आगामी दिनमा अझ धेरै अधिकारको लागि सकारात्मक पहल गर्नु अहिलेको आवश्यकता हो र यसैमा सबै गैर आवासीय नेपालीको हित पनि हुनेछ उहाँले भन्नुभयो ।

सेयर गर्नुहोस्