चित्रकला प्रदर्शनीको समुद्घाटन

काठमाडौं ।  नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरको सहकार्यमा मिति २०८० भाद्र १६ देखि १८ गते सम्म शिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा आयोजना हुने नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार  रिशिका जालानबाट सृजना गरिएको चीत्रकला प्रदर्शनीको नेपाल महिला आयोगका सदस्य कृष्ण कुमारी पौडेल खतिवडाबाट समुद्घाटन भयो ।

उक्त अवसरमा चित्रकलाले मानवीय संवेग तथा सामाजिक रुपान्तरणको लागि सन्देश प्रवाहित गर्ने भएकोले यसको महत्व रहेको छ ।

महिला आयोगले महिला कलाकारको क्षमता बिकासका निमित्त बिभिन्न कार्यक्रमहरु संचालन गरिरहेको वताउनु हुंदै महिला कलाकार  रिशिका जालान द्वारा प्रदर्शित उहांको चौथो संस्करणका चीत्रकला प्रदर्शनीको सफलताको कामना गर्नु भयो । उक्त अवसरमा नेपाल महिला चेम्वरका महासचिव  लिमा अधिकारी तथा कला प्रेमीहरुको उपस्थित रहेको थियो ।

सेयर गर्नुहोस्