अबको अध्यक्ष पनि ओली नै हो : पौडेल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नरहेको भन्दै अबको महाधिवेशनबाट पनि अध्यक्षमा ओलीलाई नै निरन्तरता दिने बताएका छन् ।

एमालेकै कतिपय नेताले अबको महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउन चाहेका बेला पौडेलले ओलीको विकल्प नरहेको दावी गरेका हुन्। शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशन उद्‍घाटन कार्यक्रममा ओलीकै सामु भने, ‘पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट हुन सक्दैन।’

ओली तेस्रो पटक पनि अध्यक्ष हुने चाहन्छन्। उनले त्यसका लागि विधानमा रहेको ७० वर्षे उमेर हद सचिवालय बैठकबाट हटाइसकेका छन्। तेस्रो कार्यकालका लागि निर्वाचित हुन विधान संशोधन गर्नुपर्ने वाध्यता छ ।

‘एमालेमा नीति र नेतृत्वबारे कुनै समस्या छैन। हामी नीतिमा स्पष्ट छौँ। नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन। त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ उपाध्यक्ष पौडेलले भने।
ओली २०७१ असारदेखि एमालेको अध्यक्ष छन्।

 

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *