आर्थिक समृद्धि सिर्जना गरेर समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने लक्ष्य हो : प्रवक्ता डा महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३९२० को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा महतले भने, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो, प्रवक्ता डा महतले भने, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’

डा। महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गर्नुभएको छ । उनले भने, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’

‘कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ, संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ’ प्रवक्ता डा। महतले भने, ‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ ।’

‘एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ । कसैको बोल्ने क्षमता होला, कसैको संगठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला’ प्रवक्ता डा। महतले भने, ‘कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं ।’

‘सामाजिक सञ्जालको अवसर र चुनौतिको बीचमा जनतामाँझ सही कुरा सुसूचित गर्ने अधिकार र त्यसका आधारमा दृष्टिकोण बनाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने चुनौतिका बीचमा हामी छौं । नयाँ पार्टीले आधा मिनेटको टिकटकमा समाजसेवा गर्छन्, अस्पतालमा पुर्याउँछन्’ उहाँले भन्नुभयो, ‘कार्यालयमा काहिँ सहयोग गरेको देखाउँछन् । यो दृश्य पटक पटक देखिन्छ । खोल्यो कि त्यही देखिन्छ । गज्जब गरेछन् भनेर हाम्रो ब्रेन वास हुन थाल्छ ।’

यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेका बताउनु हुँदै डा। महतले भन्नुभयो, ‘यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले सोचेनौं । यस्ता काम हामी सधैं गरिरहेका हुन्छौं, देशैभरि हाम्रा साथीहरुले गरिरहेका हुन्छन्, तर कांग्रेसले देखाउनका लागि गरेका छैनन् । देखाउने हाम्रो लक्ष्य होइन, हाम्रो लक्ष्य काम गर्ने हो ।’

कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता डा। महतले भन्नुभयो, ‘यो फरक हामीले जनतालाई बुझाउनुपर्छ । अब हामीले सूचना प्रविधिको पनि उपयोग गर्नुपर्छ । गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्छ । यदि यो काम गरेनौं भने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ पुष्टि हुन्छ ।’

म चाहिँ ठूलो, राम्रो र योग्य, म भए पार्टीको कायापलटै गर्दिन्थे, अरु भएर बिग्रेको हो भनेर हामी सामाजिक सञ्जालमा बढी समय खर्चिन्छौं । यसको सट्टा हामीले पार्टीको इतिहास, सिद्धान्त, गरेका काम, गरिरहेका काम र गर्ने कामका बारेमा सामाजिक सञ्जालमा समय खर्चिऔं भने मात्र हाम्रो मिसन सफल हुने उनले बताए।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *