काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं वडा नं १ भाटभटेनीमा रहेको राधादेवी ग्रुपका सञ्चालक दिनेश कोईराला पक्राउ परेका हुन् ।
बिभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुलाई बिभिन्न प्रलोभनमा पारी रकम लिई सो रकम बैंक खाताबाट भुक्तानी लिनु भनि चेक दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
बैंक खाता सञ्चालनमा रहेका बिभिन्न बैंकहरुको खातामा चेक अनुसारको पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक काटी दिई पिडितहरुको रकम समेत फिर्ता नगरी फरार रहेकको पीडितले उजुरी दिएका थिए ।
खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरीबाट पक्राउ गरी बैकिङ कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर काठमाडौंबाट थप अनुसन्धान भई रहेको सूचना अधिकारी प्र उ कुमोध ढुंगेलले बताए ।