प्रधानन्यायाधिशमा श्रेष्ठ सिफारिस

काठमाडौं । सवैंधानिक परिषद्ले वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

डोटीमा जन्मिएका श्रेष्ठले विसं २०३८ चैत २७ गतेदेखि अधिकृतबाट न्याय सेवामा प्रवेश गरेका थिए। त्यसपछि उनी विभिन्न जिल्लामा न्यायाधीश भए। पुनरावेदन अदालतको न्यायाधीश हुँदै श्रेष्ठ विसं २०७३ साउन १३ मा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की भोलि (शुक्रबार)बाट अवकासमा जाँदैछन्। एक महिनाअघि नै प्रधानन्यायाधीशको सिफारिस गर्ने संवैधानिक प्रावधान भए पनि राजनीतिक दलका शीर्ष नेताहरूबीच तालमेल नमिल्दा एक दिनअघि मात्रै सिफारिस गरिएको हो । राजनीतिक खिचातानीका कारण संवैधानिक परिषद्को बैठक बस्न सकेको थिएन।

गत आइतबार तीन दलका शीर्ष नेताहरूबीच संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय भएको थियो। गत मंगलबार बसेको संवैधानिक परिषद्को बैठक भने अनिर्णित बनेको थियो। प्रधानन्यायाधिक सिफारिस ढिलाइ भएको भन्दै आलोचना हुँदै आएको थियो ।

 

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *