चुनाव खर्च नबुझाउने कारवाहीमा

काठमाडौं । चुनाव खर्च नबुझाउने दलका नेताहरु कारवाहीमा परेका छन् । कारवाही पर्नेमा ठूला दलका नेताहरु नै अग्रस्थानमा देखिएका छन् ।
निर्वाचन आयोगले तोकिएको समयभित्र चुनावी खर्च विवरण नबुझाउने २ हजार ४ सय ३५ जना उम्मेदवारलाई कारबाही गरेको जानकारी दिएको छ ।

एक हजार ३७ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवार र एक हजार ३ सय ९८ प्रदेश सभा सदस्यका उम्मेदवारलाई प्रतिव्यक्ति १५ हजारका दरले जरिवाना गर्ने आयोगले निर्णय गरेको हो ।
गत वैशाख ४ गते निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न उम्मेदवारलाई ताकेता गर्दै आएको थियो । तर, उम्मेदवारहरुले खर्च विवरण सार्वजनिक नगर्नुका साथै आयोगलाई जानकारी नगराउका हुन् ।
निर्वाचन ऐन २०७३ को दफा ३१ को उपदफा ४ मा तोकिएको समयभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गरी जानकारी नगराएका उम्मेदवारहरुलाई १५ हजार जरिवाना तिराउने प्रावधान छ ।

कारबाहीमा पर्नेहरुमा सुसासनका कुरा गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापा परेका छन् । उनका प्रतिष्पर्धी एमाले नेता राजन भट्टराईले पनि खर्च विवरण सार्वजनिक गरेका छैनन् ।
त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, लोसपाका नेता तथा वर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री शरद सिंह भण्डारी, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं हालका खानेपानी महिन्द्र राय यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम, रास्वपाका गणेश पराजुली लगायतले खर्च विवरण सार्वजनिक नगरेका हुन् ।

यस्तै, परराष्ट्रमन्त्री एवं कांग्रेस नेता एनपी साउद, कांग्रेसका प्रम्ुख सचेतक रमेश लेखक, कांग्रेसकै उमकान्त चौधरी, स्वतन्त्र उम्मेदवार मिलन पाण्डे, अर्का स्वतन्त्र उम्मेदवार रञ्जु दर्शना, सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायत कारबाहीमा परेका छन् ।

समयमै निर्वाचन खर्च विवरण नबुझाएका कारण पूर्व सभामुख ओनसरी घर्ती मगर पनि १५ हजार जरिवानामा परेकी छन् ।

सेयर गर्नुहोस्

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई  आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *