रोजगारीका नाममा ठगी गर्ने पक्राउ

काठमाडौ । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पोल्याण्ड पठाईदिन्छु भनेर ठगि गरेको आरोपमा प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नं ०२ स्थाई घर भई हाल काठमाडौंको महालक्ष्मी नगरपालिका वडा नं ०१ बस्ने ४२ वर्षका पुष्पराज जोशी रहेको प्रहरीले जनाएको छ ।

भगवती अधिकारीलाई वैदेशिक रोजगारीको लागि आकर्षक तलवसहित पोल्याण्ड पठाईदिन्छु भन्दै एक लाख पँचास हजार रकम लिई सम्पर्क विहीन भएको जनाइएको छ ।
प्रहरी टोलीले उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका जोशीलाई थप अनुसन्धान लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *