शान्ति प्रक्रियामा अमेरिकाको चासो

काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले नेपालको शान्तिप्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै सिनेटर होलेनले नेपालको शान्तिप्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरे।

भेटवार्तामा दुई देशीय सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा कुराकानी भयो। भेटपछि सिनेटर होलेनले अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्नेमा छलफल भएको बताए।

भेटवार्तामा सिनेटरले एमसीसी कार्यान्वयनमा नेपाल अघि बढिरहेको अवस्थामा खुसी र सकारात्मक भएको बताए। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दुईदेशबीचको सम्बन्धका विषयमा कुराकानी भएको र सिनेटरले नेपालको शान्तिप्रक्रियाका बारेमा जिज्ञासा राखेको बताए।

एमाले अध्यक्ष ओलीले अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला र पीडितमैत्री हुने गरी शान्तिप्रक्रिया टुंगोमा पुग्ने बताएका नेम्वाङले बताए ।

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन शुक्रबार नेपाल आएका हुन्।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *