लगानी गर्न आकर्षित हुँदै विदेशी

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रमा विदेशी लगानी बढ्न थालेको छ । पछिल्लो समयमा सरकारले सहज अवस्था सिर्जना गरेसँगै लगानी गर्न चाहने विदेशीहरु बढेका छन् ।

सरकारले अनलाइनबाटै विदेशी लगानी स्वीकृति गर्ने गरेको छ ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७९र८० मा तीन सय २२ उद्योग दर्ता भएका छन्। ती उद्योगमा दुई खर्ब १४ अर्ब लगानी हुने प्रतिवद्धता गरिएको छ। २३ हजार तीन सय २४ जनाले रोजगारी पाउने आश्वासन दिइएको छ।

विभागका अनुसार दर्ता भएकामध्ये ठूला उद्योग ६६, मझौला ७० र साना एक सय ८६ छन्। औद्योगिक व्यवसाय ऐन, २०७६ ले ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला, १५ करोड देखि ५० करोडसम्म मझौला र लघु तथा घरेलु उद्योगबाहेक १५ करोडसम्मको स्थिर पूँजी भएकालाई साना उद्योगका रुपमा वर्गीकरण गरेको छ।

त्यस्तै गत वर्ष पाँच प्याटेन्ट र १८ डिजाइन दर्ता भएका छन्। त्यस्तै गत आवमा दर्ता भएका ट्रेडमार्कको सङ्ख्या तीन हजार दुई सय ५४ छ। पछिल्लो एक वर्षको अवधिमा ट्रेडमार्कसम्बन्धी मुद्दामा एक सय ५० कम्पनीलाई कारबाही गरिएको छ। विभागबाट प्रारम्भिक वातावरणीय परीक्षण (आइई) स्वीकृति लिनेको सङ्ख्या ८२ छ।

सोही अवधिमा चार सय चार उद्योगले निर्यातमा नगद अनुदान लिनका लागि विभागबाट मूल्य अभिवृद्धि (भ्यालु एडिसन) प्रमाणित गराएका छन् । भारत निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) सिफारिस भएका ९८ छन्।

गत आवमा उद्योग विभागबाट स्वीकृत भएका विदेशी लगानीको सङ्ख्या तीन सय २७ छन्। उक्त उद्योगबाट कूल ३३ अर्ब १४ करोड बराबरको विदेशी लगानी प्रस्ताव भएको थियो ।।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *