मृत्युदण्ड रोक्न राष्ट्रसंघको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसंघले मृत्युदण्ड रोक्न सम्बन्धीत देशलाई आग्रह गरेको छ । सिंगापुर र कुवेतमा हालै दिइएको मृत्युदण्डको निन्दा गर्दै तत्काल उक्त प्रावधान हटाउन ती राष्ट्रहरूलाई आह्वान गरिएको हो ।

सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक नागरिकलाई शुक्रबार फाँसी दिइए पछि निन्दा गरिएको हो ।

कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो।

‘हामी कुवेत र सिंगापुरमा यो साता दिइएका मृत्युदण्डको निन्दा गर्दछौँ र कुनै पनि अवस्थामा हुने मृत्युदण्डको विरोध गर्दछौँ।’संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् ।

विज्ञप्तिमा कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १ सय ७० भन्दा बढी राज्यमा सामेल हुन आग्रह गरिएको छ ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *