सुन तस्करी प्रकरण : तीनजना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा तीन जना कर्मचारी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भन्सार अधिकृतसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृत पुष्पा जोशी, नायव सुब्बा कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।

६१ किलो सुन तस्करी प्रकरणमा संलग्नता देखएपछि व्युरोको टोलीले शुक्रबार पक्राउ गरेको हो । अनुसन्धान अगाडि बढाइएको व्युरोले जनाएको छ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *