‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’

काठमाडौं । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य बिषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन् ।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको वताउनुभयो । विभिन्न मुलुकका लागि नेपालको तर्पmबाट नियुक्त राजदुतहरुले पनि निजी क्षेत्रसंगको सहकार्य गर्नुपर्ने उहाँको धारणा थियो ।
नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आप्mनो दायरा विस्तार गरि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने वताउनुभयो ।

मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिनुहुँदै आर्थिक कुटनीति विस्तारका लागि वहुपक्षीय निकायहरुसंगको सहकार्य पनि आवश्यक रहेको वताउनुभयो । यसैगरि निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने वताउनुभयो ।

श्रम सचिव केवल भण्डारीले अब आर्थिक कुटनीतिलाई श्रम कुटनीति भन्नुपर्ने सुझाव दिनुभयो । अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने वताउनुभयो ।

वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको वताउनुभयो । यसैगरि अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उहाँको धारणा थियो ।

प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्युनिकरणमा पनि नियोगहरुको भूमिका महत्वपूर्ण रहने वताउनुभयो ।

पर्यटन सचिव भरतमणी सुवेदीले नया खुलेका पोखरा र गौतम वुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा नियोगहरुको भूमिका महत्वपूर्ण रहने वताउनभयो । संघीय मामिला सचिव विनोद सिंहले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिनुभयो ।

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूुतहरुको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरुले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाउनुभयो ।

‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उहाँले भन्नु भयो । धेरै उदीयमान र बिकसित अर्थतनत्रहरुमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धनका आधारमा राजदूतहरुको मुल्यांकन हुने गरेको पनि उहाँले वताउनुभयो । यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको वताउनुभयो ।

नवनियुक्त राजदूतहरुको तर्पmबाट बोल्नुहुँदै थाइल्याण्डका लागि नियुक्त राजदूत धनवहादुर वलीले निजी क्षेत्रका सुझाव सुन्न तयार रहेको तर निजी क्षेत्रले पनि मुख्य बिषयमा केन्द्रित भै सुझाव दिनुपर्ने वताउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने वताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरुको निरन्तर सहकार्य रहने वताउनुभयो ।

सरकारले हालै फ्रान्सका लागि सुधीर भट्टराई, थाइल्याण्डका लागि धन वहादुर वली, युएइका लागि तेज वहादुर क्षेत्री, ओमानका लागि घनश्याम लम्साल, स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी र न्युयोर्कस्थित राष्ट्र संघ नियोगका लागि लोकवहादुर थापालाई राजदूत नियुक्त गरेको छ ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *