राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एकठाउँमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एकठाउँमा रहेको बताएका छन् ।

महामन्त्री थापाले कांग्रेस मात्र होइन, कुनै पनि दलले चीनको हर्कत ठीक छ नभनेको बताए । भारतसँग सीमा विवादमा नेपालले गरेको निर्णयलाई चीनले सम्मान गर्न नसकेको भन्दै उनले भने, ‘यसमा ‘कांग्रेस पनि चिन्तित छ, एमाले पनि चिन्तित छ, नयाँ पार्टी पनि चिन्तित छ, पुरानो पार्टी पनि चिन्तित छ ।’

नेपालले एमसीसी, बीआरआई सबैसँग मिलेर काम गर्न चाहेको उनले बताए । राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा कहीँ कतै सम्झौता नगर्ने उनको भनाइ थियो ।
कसैले कसैलाई कमजोर बनाउनु भारत, चीन वा अमेरिका परस्त भनेर आरोपित गर्ने गरिएको भन्दै उनले गुनासो गरे ।

कुनै देशले अर्को देशविरुद्ध बोल भनेर नबोल्ने, तर कसैले गलत गरे गलत भन्ने भन्दै कांग्रेस महामन्त्री थापाले बताए । नेपाली कांग्रेस अन्तर्राष्ट्रिय सम्बन्धका सन्दर्भमा कोहीसँग पनि घरभित्र नचाहिने राजनीति गर्न नचाहेको बताए ।

‘अखण्ड नेपालको भूभागमा कांग्रेस, एमाले, माओवादी छैन, सब एक छौं’, महामन्त्री थापाले भने, ‘भारत, अमेरिका, चीन अनि संसारले यो कुरा बुझोस्, जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ, ।’

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *