बंगलादेशले बिजुली किन्ने

काठमाडौ । नेपालको बिजुली बंगलादेशले किन्ने भएको छ । बिजुली निर्यातका लागि बहुपक्षीय सहमति भयो ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल, भारत र बंगलादेशबीच बिजुली निर्यातका लागि सहमति भएको जानकारी दिएको छ ।

बङ्गलादेशले सुरुमा नेपालबाट ४० मेगावाट बिजुली लैजाने भएको छ ।  नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने सम्झौता भएसँगै खुसीयाली छाएको छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बंगलादेश निर्यातका लागि सहमति गरेको हो।

सोही निकाय मार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ। बिजुली निर्यातका लागि सहमति भएको सरकारी अधिकारीले जनाएका छन् ।  इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको हो ।

भौतिक उपस्थितिमा दुई देशका अधिकारीले हस्ताक्षर गर्ने छन्। आयोजनाको बिजुली बङ्गलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुन बाँकी रहेको जनाइएको छ ।

सेयर गर्नुहोस्