युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्नेमा जोड

काठमाडौं । युवाहरूलाई उद्यमशीलताका लागि अभिप्रेरित गर्ने उद्देश्यसहित आयोजना भएको उद्यमशीलता प्रेरणा सम्मेलन सम्पन्न भएको छ।

राष्ट्रि निर्माण नेपाल मञ्च र उद्यमशील युवा सृजनशील युवा अभियानले आयोजना गरेको कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो।

देशभरबाट ३ सयभन्दा बढी युवाहरूको सहभागिता रहेको कन्क्लेभमा नीति निर्माता, उद्यमी व्यवसायी, युवा नेताहरूले विभिन्न विषयमा धारणा राखेका थिए। युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्नका लागि नीतिगत व्यवस्था, व्यवाहरिक समस्या र भविष्यका बारेमा जानकारी दिइएको थियो।

तीनवटा भिन्न भिन्न सेसनमा वक्ताहरूले युवाहरूलाई प्रेरित गरेका थिए।

पहिलो सेसनमा अर्थमन्त्री डा प्रकाशशरण महत, पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, अर्थशास्त्री डा अच्युत वाग्ले र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले धारणा राखेका थिए।

अर्थमन्त्री डा महतले युवाहरू पछिल्लो समय देखासिकीमा विदेश जाने लहडमा लागेको र यसलाई रोक्नका लागि उद्यमशीलता विकासका लागि सरकारले उत्प्रेरणात्मक कार्यक्रम ल्याएको बताए।

नेपालमै पर्याप्त अवसर भएको र यसलाई खोजी गर्ने जिज्ञासु युवाहरूलाई स्रोत साधनको अभाव नहुने र सरकारको पनि साथ र समर्थन रहने उनको भनाइ थियो।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले उद्यमशीलता व्यक्तिको विशेष क्षमता भित्र पर्ने बताए। उद्यमशीलताको वातवरण शीक्षाबाट सुरू हुने भन्दै उनले शिक्षा क्षेत्रमा कमजोरी देखिएको बताए। उच्च शिक्षा लिन नसक्ने जनशक्तिलाई केन्द्रित गरेर सीप विकास र वित्तीय स्रोत व्यवस्थापन केन्द्रित कार्यक्रम ल्याउनु पर्ने उनले बताए।

उद्यमशील युवा सृजनशील युवा अभियानका संयोजक भुपेन्द्रजंग शाहीले युवाहरूलाई आर्थिक क्रिबयाकलापमा जोड्नु पर्ने बताए। उनले बहुसंख्यक जनसंख्या युवा रहेकै सन्दर्भमा उनीहरूको उपयोग आर्थिक उन्नयनमा गर्नुपर्ने बताए।
आर्थिक विकासको लागि युवाहरूलाई उद्यमशीलतामा जोड्न आवश्यक छझ उनले भने ञ यसको लागि पुँजी, सीप, कानुनी सहायतामा राज्यको उपस्थिति आवश्यक पर्छ।

राजनीतिक अभियानबाटमात्र देशको आर्थिक विकास सम्भव नहुने भन्दै शाहीले उद्यमशीलता विस्तार र रोजगारी सिर्जनामा सबै एक भएर लाग्नुपर्ने बताए। यसका लागि आफूले देशभर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरणकुमार श्रेष्ठले युवालाई केन्द्रित गरेर बैंकले नयाँ नयाँ कार्यक्रम सञ्चालन गरेको बताए। उनले १० प्रकारका युवा उद्यमशीलता सम्वन्धी कार्यक्रममा बैंकले कर्जा प्रदान गरेको जानकारी गराए।

कार्यक्रमको दोस्रो सेसनमा उद्यमशीलताको विकास क्रमका लागि बाधक, सम्भावना र भविष्यका बारेमा छलफल भएको थियो। सो क्रममा युवा उधमि रन्जित आचर्यले बोल्दै भने उद्यमशीलता विकासका लागि सरकारको मुख ताकेरभन्दा पनि सिर्जनशील सोचबाट उद्यमशीलता आफै जन्मिन्छ।

अहिलेकै राजनीतिक तथा प्रशासनिक सोच र शैलीमा सुधारको सम्भावना नदेखिएको र यसैको निरन्तरताबाट उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जना नहुने उनीहरूको भनाइ छ।

युवा अर्थशास्त्री समीर खतिवडाले कुनै पनि देशमा युवा बेरोजगारी र मूल्यवृद्धि एक साथ हुँदा व्यवस्थामै संकट आउने बताए। नेपालमा अहिले यो एकसथा भइरहेको उनको भनाइ छ। ‘तर ती सबै युवा नेपाल छाडेर विदेश गइरहेका छन् त्यसैले गर्दा यहाँ विद्रोह देखिएको छैन’ उनले भने।

नेपाल सरकारले अहिलेसम्म बेरोजगारी र मूल्यवृद्धिलाई गम्भीर रुपमा नलिएको र त्यसका लागि नीतिग पहल नलिएको उनको भनाइ छ। ‘ नीति आएपनि त्यसको कार्यान्वयन टिठ लाग्दो छ त्यसैले गर्दा यसमा कोही पनि गम्भिर छैनन् भन्ने देखाउँछ’ उनले भने।

कार्यक्रममा बोल्दै नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अहिले तत्काल राजनीतिक प्रणाली र कर्मचारीतन्त्रमा सुधारको सम्भावना भएको र यो नहुँदासम्म सरकार प्रभावकारी बन्ने सम्भावना नभएको बताउँछन्।

‘त्यसैले उद्यमशीलताका लागि सरकारको मुख ताक्ने होइन र सरकारले कहिले के गरिदिएला र हामी उद्यमशील होउला भनेर हुँदैन आफै नवीन सोच राखेर अघि बढ्नुपर्छ’ उनले भने।

उद्यम व्यवसायका लागि वित्तीय स्रोतको धेरै समस्या नभएको उनको भनाइ छ। साँच्चिकै सम्भाव्य कुनै पनि व्यवसायको योजनासहित बैंकमा ऋणको माग भएमा दिन कुनै पनि कठिन नभएको उनको भनाइ छ। युवा उद्यमीहरूका लागि पछिल्लो समय विभिन्न स्किम पनि भएकाले यसबाट लाभ लिनसक्ने उनको भनाइ छ।

‘कुनै पनि त्यस्तो व्यवसाय जसको लाभ सुनिश्चित छ। त्यस्तो योजनासहित बैंकमा पुग्दा स्रोतको अभाव हुँदैन। तर त्यस्तो परियोजना सम्भाव्य हुनुपर्छ’ ज्ञवालीले भने। युवा स्वरोजगार कोष का उपाध्यक्ष देबराज कल्याण रोका ले युवाहरुलाइ रोजगारमा जोड्न तयार भयको बताए।

त्यस्तै अन्तिम सेसनमा युवा नेताहरुले आफ्नो छलफल गरेका थिए। विभिन्न भूमिका रहेका युवा नेताहरूले वर्तमान अवस्था, राज्यको नीति र युवाहरूको भविष्यका बारेमा उनीहरूले छलफल गरेका थिए।

उक्त सेसनमा नेपाली कांग्रेसका युवा नेता रञ्जित कर्ण, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत र नेपाल उद्योग वाणिज्य महासंघका युवा कार्यकारीणी समिति सदस्य मनोज पौडेल , युवा उधमि निरज काफ्ले ले धारणा राखेका थिए।

युवा उधमि र नेताहरूले नेपालको भविष्य उज्जल भएपनि अहिलेको समयमा देखिएको युवा पलायनको अवस्था डरलाग्दो भएको बताएका थिए। नेपालमा चौतर्फी सम्भावना भएको र राजनीतिक रुपमा युवाहरू जागरुक भएपनि उत्पादन, उद्यमशीलता र रोजगारीमा जोडिन नसक्दा निरासा जस्तो देखिएको रञ्जित कर्णले बताए।

 

संविधान, कानूनमा युवाहरूको हक अधिकार सुनिश्चित गरिएजस्तै त्यसको कार्यान्वयनका लागि राज्यलाई घच्घच्याउनुपर्ने उनले बताए ।

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *