बल्ल बन्यो राष्ट्रिय साइबर सुरक्षा नीति, अब साइबर सुरक्षामा चिन्ता कम हुने

काठमाडौं । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति बनाएको छ । मन्त्रिपरिषद्को बैठले नीतिको मस्यौदा स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति बनाउने निर्णय गरेको हो । तर, कस्तो बन्यो भनेर सार्वजनिक गरिएको छैन ।

नीतिमा साइबर सम्बन्धी अबका रणनीति, कार्यनीति, उद्देश्य र योजना समेटिएको छ । साइबर सुरक्षाको समग्र अवस्था र पृष्ठभूमि समेट्दै मिसन, भिजन, उद्धेश्य, रणनीति तथा कार्ययोजना समेटिएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

साइबार सुरक्षाका लागि सुरक्षित साइबर स्पेस बनाउने घोषणा गरिएको छ । मुलुकको इन्टरनेटको अवस्था, त्यसले समेट्ने सबै सिस्टमका बारेमा सुरक्षित बनाउन उपायहरु नीतिमा उल्लेख गरिएको छ ।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका विषयलाई सुरक्षित बनाएर लग्न सुरक्षित साइबर स्पेस उठार्एको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए। डेटा सुरक्षा, कानुनी संरचना बनाउन नीतिले सहयोग गर्ने सुवेदीले बताए ।

सेयर गर्नुहोस्