विश्व युवा दिवस : बढ्यो भीडभाड, बढेन आर्थिक गतिविधि

लिस्बन । पोर्चुगलले विश्व युवा दिवस आयोजना ग¥यो । अगस्ट १ देखि ६ तारिखसम्म सम्मेलनको आयोजना गरियो । विश्वबाट ४ लाख युवा पनि आए ।

तर, पोर्चुगलले सोचेजति आर्थिक लाभ लिन सकेन । अरु बेला भरिभराउ हुने होटल, रेष्टुरेन्ट यो अवधिमा ठप्प हुन पुगे । सवारी साधन पूर्णरुपमा प्रभावित भए । जसले गर्दा गल्लीमा रहेका रेष्टुरेन्ट, होटलमा स्थानीय जान पाएनन् । विदेशबाट आएका पाहुना पनि ती गल्लीमा रहेका तर नाम चलेका होटल, रेष्टुरेन्टमा गएनन् ।

प्रायजसोः यहाँका धनी मानिस आइराख्ने रेष्टुरेन्टहरु सुनसानजस्तै देखिए । गाडी लैजान नपाए पछि उनीहरु हिँडेर जाने संभव देखिएन ।  होटल, रेष्टुरेन्ट मात्र होइन, किराना पसल पनि कारोबार उत्साहजनक हुन सकेन । पानी, जुस, फलफूल, बिस्कुट बिक्री सामान्य समय भन्दा निकै बढ्यो । तर, बियर बिक्री खासै नभएका सञ्चालकहरु बताउँछन् ।

रातभरि पसल खोल्न यहाँको सरकारले अनुमति दिएको थियो । तर, राती अबेर बियर बिक्री गर्न रोक लगाएको थियो । भीडभाडको तुलनामा व्यापार हुने अपेक्षा गरेका धेरै रेष्टुरेन्ट, खुद्रा पसलका मालिकहरु बिक्री नहुँदा अचम्मित परेका छन् ।

तर, विश्व युवा दिवसको कार्यक्रम भएका स्थलहरुमा भने निकै चहलपहल देखिन्थ्यो । रेष्टुरेन्ट, पसलहरु प िनभरिभराउ देखिन्थे । झण्डा बोकेका मान्छेहरु पनि केहीले खर्च गरेको जानकार बताउँछन् ।

धेरै पसल सञ्चालकहरु भन्छन्,‘ढोकाबाट गुज्रने हजारौं युवाहरू छन् तर किन्नेहरू थोरै छन्, अन्य समयको भन्दा तत्तीक कारोबारमा फरक भएको महसुस गर्नै पाइएन ।’

नियमित ग्राहक लिस्बन छोडेको, कोही घरबाटै काम गर्ने गरेको तर पर्यटकले खर्च नगर्दा व्यवसायमा शिथिलता आएको सञ्चालक बताउँछन् ।
सुपरमार्केटहरूले रोटी, फलफूल र पानी बेचे पनि तीर्थयात्रीहरूले बाहिर ल्याएर सडकमा खाने गरेको र खासै खर्च नगरेकाले आर्थिक चलायमान नभएको व्यापारीहरुले निष्कर्ष निकालेका छन् ।

 

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More